एजेन्सी – युवा स्टार किलियन एम्बाप्पेले कुनै पनि हालतमा सम्झौता नथप्ने भएसँगै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) नयाँ खेलाडीको खोजमा जुटेको छ। एम्बाप्पेलाई सम्झौता थप गर्न लगाउने सम्पूर्ण प्रयास असफल भएसँगै पिएसजी एम्बाप्पेलाई प्रतिस्थापन गर्ने खेलाडीको खोजीमा जुटेको हो।
विभिन्न अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएअनुसार एम्बाप्पेलाई क्लबमा अड्याउन नसकिने कुरामा पिएसजी स्पष्ट भएको छ र उस नयाँ खेलाडीको खोजीमा जुटेको छ।
गएको हप्ता एम्बाप्पे र पिएसजीका अधिकारीहरु बीच निर्णायक भेटघाट हुने बताइएको थियो। सो भेटघाटका क्रममा पिएसजीले गरेको प्रस्तावलाई नकारेसँगै एम्बाप्पे पिएसजीमा रहने सम्भावना पूर्णरुपमा सकिएको अनुमान गरिएको छ।
एम्बाप्पेको ट्रान्सफर यहि विन्डोमा हुन सक्ने सम्भावना बढेर गएको छ। एम्बाप्पेले नयाँ सम्झौता नगर्ने स्पष्ट भएपछि पिएसजी एम्बाप्पेलाई यहि ट्रान्सफर विन्डोमा बेच्ने योजनामा पिएसजी रहेको ट्रान्सफर मार्केटका जानकारीहरु बताउँछन्।
एम्बाप्पेको ठाउँमा कसलाई ल्याउन सकिन्छ र को बढी प्रभावकारी हुन्छ भन्ने अध्ययनमा पिएसजी जुटिसकेको अन्तराष्ट्रिय संचार माध्यमहरु बताउँछन्।
पछिल्लो चर्चा अनुसार एम्बाप्पेको ठाउँमा एभर्टनका ब्राजिलियन अन्तर्राष्ट्रिय रिर्चलसन ल्याइन सक्छन्। नेयमारसँग समेत नजिक रहेका रिर्चलसन एम्बाप्पेको सबै भन्दा राम्रो विकल्प हुन सक्छन्। नेयमार आफैंले पनि रिर्चलसनलाई पिएसजी ल्याउन सिफारिस गरेको बताइन्छ।