काठमाडौँ – नेकपा (माओवादी केन्द्र) को प्रवक्ताको जिम्मेवारी पाएको केहि दिन बित्न नपाउँदै उनी तनावमा पर्ने देखिएको छ। महरा माओवादीको प्रवक्ता तोकिएलगतै रोशनी शाहीले दिएको नयाँ धम्कीले महरा तनावमा पर्ने देखिएको हो।
बिहिबार बिहान मात्रै रोशनी शाहीले सामाजिक संजाल फेसबुक मार्फत अर्को मुद्दा बाँकी नै रहेको महरालाई स्मरण गराएकी छन्। शाहीले फेसबुकमा लेखेकी छन्,”अर्को मुद्दा बाँकी नै छ महरा जि”
त्यति मात्र नभई शाहीले अर्को पोस्ट पनि गरेकी छन्। उनले लेखेकी छन्,”महरा सकिए महराको चालीस वर्षको राजनीति सखाप भयो महराको राजनीति योगदान खरानी भयो भनेर कराउनेहरू महराको राजनीति जहाँको त्यँहि हुनुमा एउटी महिलाले संसारसँग एक्लै लडेर बदनामी सहिन् अर्की महिला मृत्युको मुखमा परिन् पुरुष अगाडि बढ्नुमा महिलाहरू जल्नुपर्छ मर्नुपर्छ मृत्युको शैयामा आगोको ज्वालामा बसेर पुरुषहरू आफ्नो ढाड सेकाउँछन् ।”
शाहीको उक्त स्ट्याटससँगै नेपाली राजनीतिमा तरंग पैदा भएको छ। शाहीको उक्त धम्कीले माओवादी केन्द्र भित्र समेत खैला-बैला भएको बताइन्छ।
सभामुख हुँदा शाहीले लगाएको आरोपकै कारण महराले सभामुख पदबाट राजीनामा दिनुपरेको थियो। जबर्जस्ति गरेको भन्दै शाहीले आरोप लगाएपछि महरा सभामुख पदबाट आउट भएका थिए। त्यति मात्र नभई उनले केहि समय जेलमा समेत बिताएका थिए।