राजीनामा दिने मुडमा वामदेव

काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले राजीनामा दिने भएका छन्। नेकपा एमालेबाट माधव कुमार नेपाल पक्ष बाहिरिएर नयाँ पार्टी गठन गरेसँगै बामदेबले राजीनामा दिने तयारी गरेका हुन्।

गौतमले पार्टी केन्द्रीय कमिटी र उपाध्यक्ष पदबाट राजीनामा दिने भएका छन्। आउने केहि दिनमै राजीनामा दिने नेता गौतमको तयारी रहेको छ। एक मिडियासँग कुराकानी गर्नेक्रममा उनले एक दुई दिनमै दिने बताएका छन्।

पार्टीको स्थायी कमिटी बैठकमै नेता गौतमले केपी ओलीलाई नेता मान्न नसक्ने र उनीसँगै रहन नसक्ने बताएका थिए।आज बिहिबार एमालेको केन्द्रीय समिति बैठक बस्दै छ। नेता गौतम सो बैठकमा पनि सहभागी नहुने भएका छन्।

गौतमले राजीनामा दिने तयारी गरिरहेपनि एमालेमै रहने अथवा माधव नेपालको नयाँ पार्टी नेकपा एकीकृत समाजवादीमा लाग्ने भन्ने निर्णय गरिसकेका छैनन्।

प्रकाशित : बिहिबार, भदौ १०, २०७८११:४५

फेरिए प्रदेश १ का मुख्यमन्त्री !