रोनाल्डो हैनन् अन्तराष्ट्रिय स्तरमा सबैभन्दा बढी गोल गर्ने खेलाडी, मेस्सी त कहाँ हो कहाँ !

पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो केहि समय अगाडी मात्र विश्वकप छनौट चरणमा आयरल्याण्ड विरुद्धको खेलमा दुई गोल गरेसँगै अन्तराष्ट्रिय स्तरमा सबैभन्दा बढी गोल गर्ने पुरुष खेलाडी बने। रोनाल्डोले पोर्चुगलका लागि १८० खेल खेल्दै १११ गोल गरिसकेका छन्।

आयरल्याण्ड विरुद्धको खेलमा पोर्चुगल १-० ले पछाडी पाएको स्थितिमा खेलको अन्तिम समयमा दुई गोल गर्दै रोनाल्डोले उक्त रेकर्ड आफ्नो नाममा गरेका हुन्। यसअघि रोनाल्डो र इरानका अलि दायइ दुबैको नाममा समान १०९ गोल रहेको थियो।

अन्तराष्ट्रिय स्तरमा सबैभन्दा बढी गोल गर्ने पुरुष खेलाडी बनेका रोनाल्डो समग्र रूपमा सबैभन्दा बढी अन्तराष्ट्रिय गोल गर्ने खेलाडी बन्नको लागि भने क्यानेडियन खेलाडी क्रिस्टिने सिनक्लारको गोल रेकर्ड तोड्नु पर्ने हुन्छ। क्यानाडा महिला राष्ट्रिय टोली तथा पोर्टल्याण्ड थोर्न्सका लागि खेल्दै आएको क्रिस्टिने सिनक्लारले अहिलेसम्म अन्तराष्ट्रिय स्तरमा क्यानाडाका लागि ३०४ खेल खेलिसकेकी छिन्। उनले उक्त समयमा १८७ अन्तराष्ट्रिय गोल गर्न सफल भएकी छिन्।

यस्तोमा रोनाल्डोले क्रिस्टिने सिनक्लारको गोल रेकर्ड तोड्नका लागि अझै ७६ गोल गर्नु पर्नेछ। सिनक्लारले जनावरी २०२० मा ओलम्पिक्सका लागि छनौट चरणमा सेन्ट किट्स एण्ड नेभिस विरुद्ध दुई गोल गर्दै पूर्व अमेरिकी महिला राष्ट्रिय टोलीकी स्ट्राइकर अब्बी वामवाचको १८५ गोलको रेकर्ड तोडेकी थिइन्।

पुरुष तर्फमा रोनाल्डो सबैभन्दा बढी अन्तराष्ट्रिय गोल गर्ने खेलाडी बने पनि समग्रमा रूपमा भने ९ जना महिला खेलाडीले ५ पटकका ब्यालुन डी ओर विजेताले भन्दा बढी गोल गरेका छन्। जसमध्ये ४ खेलाडी अझै पनि सक्रिय रूपमा खेलिरहेका छन्।

रोनाल्डोका प्रतिद्वन्दी लियोनल मेस्सीको कुरा गर्नुपर्दा अर्जेन्टिनी कप्तानले राष्ट्रिय टोलीका लागि ७९ गोल गरेका छन्। उनी रोनाल्डोको रेकर्डबाट पनि निकै पछि रहेका छन्। पुरुष तर्फको कुरा गर्दा पनि ६ पटकका ब्यालुन डी ओर विजेता पाचौं स्थानमा रहेका छन् ।

प्रकाशित : बिहिबार, भदौ १७, २०७८०९:११

नेपाल र भारत बीच आज महा भिडन्त हुँदै, कसरी हेर्ने त लाइभ ? थाहा पाइराख्नुस !