दुई देशले कब्जा गरेको यो टापु, ६-६ महिना पालैपालो गर्छन् शासन

संसारमा थुप्रै टापुहरू छन्, जो आफैंमा धेरै विशेष हुन्छ। त्यस्तै एउटा टापु फ्रान्स र स्पेनको बीचमा छ। जसले हरेक ६ महिनामा आफ्नो देश बदल्छ। यसको मतलव यो टापु दुबै फ्रान्स र स्पेनले ओगटेको छ र दुबै देशहरूले यस टापुमा ६ – ६  महिना शासन गर्छन्। सुन्दा अचम्म लाग्न सक्छ तर यो सत्य हो।

यस टापुको नाम ‘फेजेन्ट’ टापु हो।  जसलाई फ्रान्सेली र स्पेनिश भाषामा ‘फेसेन्स’ टापु भनिन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा त यो हो कि, यस टापुलाई लिएर फ्रान्स र स्पेनको बीचमा कुनै झगडा हुदैन। बरु उल्टै दुई देशहरूले यसलाई स्वतन्त्र रूपले आदान-प्रदान गर्छन्। अझ तपाईहरुलाई यो कुरा थाहा पाएर अचम्म लाग्ने छ कि यो परम्परा विगत ३५० बर्षदेखि चल्दै आएको छ।

यो टापुमा फेब्रुअरी १ ​​देखि जुलाई ३१ सम्म स्पेनले राज गर्छ र बाँकीको ६ महिना, अर्थात् अगस्त १ देखि जनवरी ३१ सम्म फ्रान्सले राज गर्छ।  यस टापु स्पेन र फ्रान्सलाई विभाजन गर्ने बिदासो नदीको बीचमा पर्दछ।


हुनत अहिले यो एक शान्त टापु हो। तर कुनै बेला त्यस्तो समय पनि थियो जब फ्रान्स र स्पेनका बीच यस टापुका लागि धेरै लडाईहरु भए। तर अन्त्यमा तीन महिनाको कुराकानी पछि, सन् १६५९ मा दुई देश बीच सन्धि भयो। त्यस समयमा एक शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो।  जसलाई पाइन्सको सन्धि भनिन्छ। यो टापुलाई ६ – ६  महिना शासन गर्ने घोषणा गरियो र आफ्नो आफ्नो सीमा छुत्याइयो।

यो सन्धि एक शाही विवाहसँगै भएको थियो जसमा फ्रान्सका राजा लुइस XIV ले स्पेनका राजा फिलिप IV की छोरीसंग विवाह गरे।

टापु एकदम सानो छ, जुन केवल २०० मिटर लम्बाई र ४० मीटर चौडाई छ। बीबीसीका अनुसार टापुको नजिकै खोलाको किनारामा अर्कोपट्टिबाट मानिसहरू आउन नदिन, प्रत्येक १०० मिटरमा सेन्ट्रीहरु राखिएको थियो।  यद्यपि पानीको द्रुत बहाव र सुरक्षित राख्नको लागि भइ रहेको लापरवाहीका कारण यस टापुको आधा भन्दा बढी भाग पानीले बगाई सकेको छ।

प्रकाशित : आइतबार, पुष २०, २०७६११:५८

उत्तर कोरियाका यी अनौठो कानून तथा व्यवस्था जसले विश्वलाई चकित पारेको छ !