गिनिज बुक्समा नाम लेखियो रोनाल्डोको, पाए यस्तो रेकर्डको आधिकारिक प्रमाणपत्र !

आयरल्याण्ड विरुद्ध दुई गोल गरेका रोनाल्डो आधिकारिक रूपमा अन्तराष्ट्रिय स्तरमा सबैभन्दा बढी गोल गर्ने पुरुष खेलाडी बनेका छन्। रोनाल्डोको यस्तो किर्तिमानका लागि गिनिज बुक्स अफ ओर्ल्ड रेकर्डस् ले प्रमाणपत्र प्रधान गरेको छ।

गिनिज बुक्स अफ ओर्ल्ड रेकर्डस् ले सामाजिक सञ्जालमा रोनाल्डोले आफ्नो प्रमाणपत्रका साथ एक फोटो साझा गर्दै उनलाई आधिकारिक रूपमा उक्त रेकर्डको होल्डरको रूपमा सार्वजनिक गरेको छ। सामाजिक सञ्जाल फेसबुकमा रोनाल्डोको फोटो साझा गर्दै लेखिएको छ,”बधाई! क्रिस्टियानो रोनाल्डो। अन्तराष्ट्रिय स्तरमा सबैभन्दा बढी गोल गर्ने पुरुष खेलाडी:१११ गोल।

बुधबार विश्वकप छनोटअन्तर्गत रिपब्लिक अफ आयरल्यान्डविरुद्ध खेलमा २ गोल गर्दै रोनाल्डोले यस कीर्तिमान आफ्नो नाम गरेका हुन् । यसअघि रोनाल्डोले युरोपेली च्याम्पियनसिपका दौरान इरानका अली दाइको नाममा रहेको १ सय ९ गोलको कीर्तिमान बराबरी गरेका थिए । अली दाईले १९९३ देखि २००६ को अवधिमा १४९ खेलमा १०९ गोल गर्दै यो कीर्तिमान राखेका थिए ।

बुधबारको खेलमा आयरल्यान्डविरुद्ध बराबरी गोल गर्दै १ सय १० औं गोल गरेका रोनाल्डोले इन्ज्युरी समयमा विजयी गोल गर्दै आफ्नो गोल संख्या १ सय ११ पुर्याए । रोनाल्डोले राष्ट्रिय टोलीका लागि १ सय ८० औं खेलमा यो कीर्तिमान हासिल गरेका हुन् ।

प्रकाशित : शुक्रबार, भदौ १८, २०७८१६:२८

बार्सिलोना आउछु भनेका रहेछन्, क्लबले पर्दैन भनेपछि पो युनाइटेड गएका रहेछन् रोनाल्डो !