बार्सिलोना आउछु भनेका रहेछन्, क्लबले पर्दैन भनेपछि पो युनाइटेड गएका रहेछन् रोनाल्डो !

२००९ मा क्लब छाडेको १२ वर्षपछि सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डो ओल्ड ट्राफर्ड फर्किने भएका छन्। क्लबसँग २ वर्षीय सम्झौतामा हस्ताक्षर गरेसँगै रोनाल्डोलाई पुनः एक पटक म्यानचेस्टरको रातो जर्सीमा देख्न पाइने भएको छ। तर रोनाल्डोले युनाइटेडसँग अनुबन्ध हुनुअघि उनका एजेन्ट जोर्जे मेन्डेस पीएसजी, रियल म्याड्रिड तथा म्यानचेस्टर सिटीलाई रोनाल्डो अनुबन्ध गर्नको लागि अफर गरेको विभिन्न रिपोर्टहरुले जनाएका थिए।

हालै खुलसा भएको एक सनसनीपूर्ण रिपोर्टका अनुसार एक समयमा रोनाल्डोलाई मेन्डेस उनको पूर्व क्लब रियल म्याड्रिडको चिर-प्रतिद्वन्दी बार्सिलोनालाई समेत अफर गरेका थिए। मेन्डेस ५ पटकका ब्यालुन डी ओर विजेतालाई क्लबमा भित्रयाउनका लागि क्याटालान क्लबलाई अफर दिएका थिए। तर बार्सिलोनाले उक्त अफर अस्विकार गरेको उक्त रिपोर्टमा बताइएको छ।

पूर्व रियल म्याड्रिड खेलाडी बार्सिलोनासँग आवद्द भएको भए उक्त चाल निकै सनसनीपूर्ण हुने थियो तर बार्सिलोना आफैंले नै उक्त योजना खारेज गर्यो। यहि सिजन आर्थिक अवस्थाका कारण पूर्व कप्तान लियोनल मेस्सीलाई क्लबमा राख्न असफल भएको बार्सिलोनाको रोनाल्डोलाई अनुबन्ध गर्ने क्षमता नै थिएन। यो चर्चाले रोनाल्डोले युभेन्टस छाड्न चाहेको छटपटिलाई दर्शाउँछ।

रिपोर्टका अनुसार बार्सिलोना रोनाल्डोलाई अनुबन्ध गर्न इच्छुक थिएन। यसका साथै रियल म्याड्रिड र पीएसजीले पनि रोनाल्डो क्लबमा आउने ढोका बन्द गरिदिएका थिए। यस्तोमा, रोनाल्डोको विकल्पमा दुई म्यानचेस्टर क्लब थिए। युनाइटेडसँग अनुबन्ध हुनु केहि घण्टा अगाडी सम्म पनि रोनाल्डो सिटीमा सामेल हुने सम्भावना उच्च रहेको थियो। अन्ततः रोनाल्डोको हस्ताक्षर प्राप्त गर्नको लागि रेड डेभिलले नै बाजी मार्यो।

प्रकाशित : शुक्रबार, भदौ १८, २०७८१६:५७

मेस्सी पुनः बार्सिलोनामा ?