टोनी कक्करको गीत सुन्नु भन्दा विष खान्छु भनेपछि …

एजेन्सी – भारतीय गायक टोनी कक्कर सामाजिक संजालमा अलि बढी नै आलोचित र ट्रोल हुन थालेका छन्। एकै प्रकारका गीत ल्याएको भन्दै उनको ट्रोल हुने गरेको छ। त्यति मात्र नभई उनलाई गीतमा एकै शब्द अथवा वाक्य धेरै पटक दोहोर्याएको भन्दै पनि उनको मजाक बनाइने गरिएको छ। पछिल्लो समय टोनी कक्कर माथि ट्रोल झनै बढेर गएको छ।

यसै बीच एक ट्वीटर प्रयोगकर्ताले टोनी माथि गरेको ट्रोल र त्यसमा टोनीले दिएको जवाफ दुवै चर्चामा आएका छन्। टोनीको गीत सुन्नु भन्दा आफू विष खान तयार हुने भन्दै टोनीको ट्वीटमा प्रतिक्रिया जनाउने एक व्यक्तिलाई टोनीले दिएको जवाफ चर्चामा आएको हो।

के छ जवाफमा ?

बिहिबार टोनीले एक ट्वीट गरेका थिए। उक्त ट्वीटमा टोनीले आफ्ना सबै गीतलाई माया गरिदिन आग्रह गरेका थिए। आफूले डान्स नम्बर मात्र ल्याउने नभई माया-प्रेम सम्बन्धि गीत पनि ल्याउने गरेको भएपनि बढी डान्स नम्बर रुचाइने टोनीले सो ट्वीट मार्फत बताएका थिए।

“सर, तपाईको गीत सुन्नु भन्दा त म विष खान्छु।”,टोनीको उक्त ट्वीटमा प्रतिक्रिया जनाउँदै एक व्यक्तिले लेखे। ती व्यक्तिको त्यस्तो प्रतिक्रिया पछि टोनीले जवाफ दिँदै लेखेका छन्,”तपाईको जीवन बहुमूल्य छ। मेरो गीत कहिले पनि नसुन्नुस्। सय टोनी आउँछन् जान्छन्। मेरो कामना छ – मेरो उमेर पनि तपाईलाई लागोस्”

प्रकाशित : शनिबार, भदौ २६, २०७८१४:३२

ओलीले एक्कासी फोन गरेपछि करिश्मा छक्क, धन्यवाद केपी बुवा भन्दै यसो लेखिन् !