ओलीले एक्कासी फोन गरेपछि करिश्मा छक्क, धन्यवाद केपी बुवा भन्दै यसो लेखिन् !

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नायिका करिश्मा मानन्धरलाई फोन सम्पर्क गरेका छन्। नायिका मानन्धरका अनुसार ओलीले शुक्रबार राति करिश्मालाई फोन गरेका हुन्।

ओलीले फोन गरेर आ​फूलाई परीक्षा कस्तो चल्दै छ भनेर सोधेको करिश्माले सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिएकी छन्। फोन आउँदा आफ्नो मोबाइल स्क्रिनमा केपी शर्मा ओली नाम चक्की परेको पनि करिश्माले फेसबुकमा उल्लेख गरेकी छन्।

“फोन आउँदा मेरो मोबाइल स्क्रिनमा K.P Sharma Oli भन्ने आयो म छक्क परेँ। मजाक हो कि भन्ने पनि लाग्यो, तर उहाँ हाम्रो देशको पूर्वप्रधानमन्त्री हुनुहुन्थ्यो।”,करिश्माले फेसबुकमा लेखेकी छन्।

ओलीको आवाज सुन्दा घरको मूलीले छोराछोरीलाई बोलाएजस्तो महसुस भएको करिश्माको भनाई छ। करिश्मा परिक्षा कस्तो भइरहेको छ? भन्दै ओलीले सोधेपछि आफूले हजुर ठीक छ सर!! तपाईं केपी ओली????? भन्दै प्रश्न गरेको करिश्माले फेसबुकमा उल्लेख गरेकी छन्।

एमाले अध्यक्ष ओलीले डुंगाको कथा सुनाएपछि मात्र ओली हो भनेर विश्वास लागेको करिश्मा बताउँछिन्। ठूलो मान्छे भएर पनि आफूजस्तो सामान्य कलाकारलाई फोन गरेको भन्दै नायिका मानन्धरले एमाले अध्यक्ष ओलीलाई धन्यवादसमेत दिएकी छन्।

करिश्माले फेसबुकमा यसो लेखेकी छन् –

फोन आउँदा मेरो मोबाइल स्क्रिनमा K.P Sharma Oli भन्ने आयो म छक्क परे !! मजाक हो कि भन्ने पनि लग्यो तर वाहा हाम्रो देशको पुर्व प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँको आवज सुन्दा घरको मुलिले छोराछोरीलाई गरे जस्तो सुनिन्थ्यो !!

करिश्मा परिक्षा कस्तो भैरहेको छ ?
हजुर ठिक छ सर !!
तपाई के पि ओलि ?????
अ हो बिश्वस लागेन !!!
लागेन सर !!
अनि वाहाले सुनाएको डुङ्गा को कथा सुनेर लाग्यो यो हाम्रो के पि जी हो । आधुनिकता को यो दौडमा सद्भाव र मायाको दुरि मेटाउन यत्रो ठुलो मान्छे भएर पनि सामान्य कलाकारलाई कल गरिदिनु भएको धन्यवाद के पि बुवा 🙏

प्रकाशित : शनिबार, असोज ०२, २०७८०८:१७

वाक्क-दिक्क भएपछि एकै एसएमएसबाट सलमानसँग ब्रेकअप ! के थियो मेसेजमा ?