“पहिला रोनाल्डोलाई सरापेको थिएँ, अहिले झन्डै रोनाल्डोले नै हानेको बलले मरेको”

म्यानचेस्टर युनाइटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले प्रहार गरेको बल मंगलबार च्याम्पियन्स लिगमा योंग बोइजसँग भिड्नु भन्दा केहि समय अगाडी वार्म अप गर्दा एक स्टेवार्डलाई लाग्न पुग्यो। रोनाल्डोले गरेको प्रहार गलत दिशामा जाँदै स्टेवार्डलाई लाग्यो।

रोनाल्डोको उक्त सशक्त प्रहारपछि आफू नबाच्ने सोचेको उक्त स्टेवार्ड मारिसा नोबेलले खुलासा गरेकी छिन्। उनले भनिन्,”जब बल मेरो टाउकोमा लाग्यो यो एक सशक्त प्रहार थियो। मलाई टाउकोमा लाग्यो र म भुँइमा लडें। पछि मैले रोनाल्डोलाई मेरो माथि देखेँ र भने: ‘हे भगवान, म जिउँदै छु?’ रोनाल्डोले भने, ‘मलाईं माफ गर्नुहोस्! के भइरहेको छ? तपाईं ठिक त हुनुहुन्छ नि? म ठूलो पीडामा थिएँ। तर त्यसपछि मैले रोनाल्डोलाई देखेँ र त्यसपछि टाउको दुखाई सबै गयो।”

यो पहिलो पटक भने थिएन जब दुबैले एक अर्कालाई भेटेका थिए। नोबेलले क्रिस्टियानो रोनाल्डोको रियल मड्रिडमा हुँदाको झगडाको सम्झना गरिन्। उनले सम्झदै भनिन्,”जब उनी रियल म्याड्रिडमा खेल्थे, मैले उनलाई सराप दिएको थिएँ। मलाई थाहा थिएन उनी को हुन्। मैले भने, ‘खेल सकियो, तर पनि यहाँ मैदानमा दौडिरहनुभएको छ र जसको कारण दर्शकहरुले मैदान छोड्दैनन्।’ तर पनि उनले दौडिन जारी राखे र म निकै थकित थिएँ। उनले मलाई प्रशिक्षकसँग कुरा गर्न पठाए।”

नोबेलले थपिन्,”प्रशिक्षकसँग कुरा गरेर म फर्किएँ र रोनाल्डोलाई अझै सकिएको छैन भनें। रोनाल्डोले कहाँ जानु भने। जसपछि मलाई लागेको थियो कि कस्तो निर्दयी रहेछन्। हिजो सम्म पनि मलाई क्रिस्टियानो रोनाल्डो मन पर्दैनथ्यो।”

प्रकाशित : आइतबार, असोज ०३, २०७८१४:१६

पीएसजी प्रशिक्षक भन्छन्- “एक खेल खराब गयो भन्दैमा खुसी नहुनु, अब तहल्का मच्चाउने हो”