नाम चलेपनि सस्ता छन् यी बलिउड नायिका, अरु भन्दा लिन्छ धेरै कम पारिश्रमिक ! कति ?

एजेन्सी – बलिउड विश्वकै ठूलो चलचित्र उद्योग मध्ये एक हो। बलिउडमा वर्षेनी सयौंको संख्यामा चलचित्रहरु बन्ने गरेका छन्। विश्वकै ठूलो चलचित्र उद्योग भएको नाताले बलिउडमा कलाकारहरुले पनि राम्रो पारिश्रमिक पाउने गरेका छन्।

बलिउडका कलाकारहरुले पाउने पारिश्रमिक बारे समय-समयमा चर्चा भैरहन्छ। बलिउडका कलाकारहरु करोडमा पारिश्रमिक लिन्छन्। महँगो पारिश्रमिक लिने मामलामा नायिकाहरु पनि अगाडी छन्। चल्तीका नायिकाहरुले ६ देखि २० करोड भारतीय रुपैंयाँ सम्म पारिश्रमिक लिने गरेको पाइन्छ। तर आज हामी यहाँ धेरै पारिश्रमिक लिने भन्दा पनि कम पारिश्रमिक लिने चल्तीका नायिकाहरु बारे चर्चा गर्दैछौँ। नाम चलेर पनि कम पारिश्रमिक लिने नायिकाहरु निम्न छन्।

तारा सुतारिया

तारा सुतारियालाई कारण जोहरले बलिउडमा ब्रेक दिएका हुन्। उनले चलचित्र स्टुडेन्ट अफ ड ईयर २ बाट बलिउडमा डेब्यु गरेकी थिइन्। भन्ने हो भने उनले अहिले सम्म कुनै हिट चलचित्र दिन सकेकी छैनन्। भारतीय मिडियाहरुका अनुसार ताराले बढीमा १ करोड सम्म पारिश्रमिक लिने गरेकी छन्।

इलियाना डिक्रूज

दक्षिण भारतीय चलचित्र क्षेत्रमा मात्र नभई बलिउडमा पनि आफ्नो अभिनय र सुन्दरताको जादू चलाउन सफल इलियाना डिक्रूजले सन् २००६ मा चलचित्र डेब्यु गरेकी थिइन्। त्यसयता उनी निरन्तर मनोरंजन क्षेत्रमा छिन्। दक्षिण भारतीय चलचित्र क्षेत्रमा सफलता पाएपनि उनले बलिउड डेब्यु गरेकी थिइन्। भारतीय संचार माध्यमहरुका अनुसार उनले डेढ करोड भारतीय रुपैंयाँ सम्म पारिश्रमिक लिने गरेकी छन्।

ज्याक्लिन फर्नान्देज

आफ्नो सुन्दरताले पूरा बलिउडलाई कायल बनाउन सफल ज्याक्लिनको माग चलचित्रमा मात्र नभई म्युजिक भिडियो क्षेत्रमा पनि छ। ज्याक्लिन कम पारिश्रमिक लिने नायिकाहरुमा गनिन्छिन्। उनले २ करोड भारतीय रुपैंयाँ सम्म पारिश्रमिक लिने गरेको बताइन्छ।

कृति सेनन

आफ्नै दममा बलिउडमा स्थापित भएकी कृति पछिल्लो समय चलचित्र ‘मिमी’का कारण चर्चामा छिन्। उक्त चलचित्रमा कृतिको अभिनयले धेरैलाई अचम्मित बनाएको थियो। कृति पनि कम पारिश्रमिक लिने नायिकाहरुमा पर्छिन्। उनले पनि २ करोड आसपास पारिश्रमिक लिने गरेकी छन्।

प्रकाशित : बिहिबार, असोज ०७, २०७८१४:०१

काजोलको नाम अर्कै राख्न चाहन्थे उनका पिता, नाम सुन्दा लाग्न सक्छ अचम्म !