काजोलको नाम अर्कै राख्न चाहन्थे उनका पिता, नाम सुन्दा लाग्न सक्छ अचम्म !

एजेन्सी – काजोल बलिउडमा चिरपरिचित नाम हो। ९० को दशकमा तहल्का नै मच्चाएकी काजोलको अझै पनि बलिउडमा राम्रो क्रेज छ। पछिल्लो समय अभिनयमा सक्रिय नभएपनि उनी हराएर गएकी छैनन्। काजोलले कयौं हिट चलचित्र दिसकेकी छन्।

काजोलको नाम भारतमा मात्र नभई बलिउड रुचाउने विश्वभरक दर्शकमाझ चर्चित छ। तर धेरैलाई यो सुन्दा अचम्म लाग्न सक्छ कि काजोलको नाम नै काजोल नहुन सक्थ्यो।

भारतीय संचार माध्यमहरुका अनुसार काजोलक पिता शोमू मुखर्जीले पहिला काजोलको अर्कै नाम राख्ने सोच बनाएका थिए। उनी काजोलको नाम मर्सिडीज राख्ने सोचमा थिए। वास्तवमा मर्सिडीज एक कार कम्पनीको नाम हो। जसका मालिकले आफ्नी छोरीको नाममा कम्पनीको नाम राखेका थिए। मर्सिडीज कम्पनीका मालिककी छोरीको नाम मर्सिडीज थियो। मर्सिडीज कारबाट प्रभावित उनका पिता आफ्नी छोरीको नाम मर्सिडीज राख्न सोचमा थिए।

पछि शोमूको चाहना त पूरा भएन, उनको छोरीको नाम काजल राखियो। पछि गएर उनलाई काजोल भन्न थालियो। एक टेलिभिजन शोका क्रममा माजोलले आफू बंगाली भएको कारण काजललाई काजोल भन्ने गरिएको किस्सा सुनाइन्।

बंगाली भाषामा ओ ध्वनिको धेरै प्रयोग हुन्छ। यसैकारणले गर्दा काजल काजोल बनेकी हुन्। काजोललाई विश्वभर यहि नामले चिनिन्छ। काजोल प्राय आफ्नो नाम पछाडी थर लेख्दिनन्।

प्रकाशित : शुक्रबार, असोज ०८, २०७८०९:३७

एकतर्फी प्रेममा थिए सलमान, विवाह गरेको भए भैसक्थे हजुरबा !