एकतर्फी प्रेममा थिए सलमान, विवाह गरेको भए भैसक्थे हजुरबा !

एजेन्सी – सलमान खान बलिउडकै सबै भन्दा बढी चर्चित कलाकारमा पर्छन्। अभिनयलाई लिएर विभिन्न टिका-टिप्पणी हुने गरेपनि सलमानका चलचित्रले बक्स अफिसमा धमाका नै मच्चाउने गरेका छन्। पछिल्लो समय त्यति उत्कृष्ट चलचित्र दिन नसकेपनि उनी लगातार चर्चामै छन्। सलमान प्रयास जस्तो चर्चाको केन्द्रमा हुने गर्छन्।

गएको कयौं वर्ष देखि सबै भन्दा धेरै चर्चामा रहने विषय सलमानको विवाह हो। सलमानले विवाह गर्लान्, नगर्लान् ?, कहिले गर्लान् ?, कोसँग गर्लान् ?, कुन गरेनन् ? जस्ता धेरै प्रश्नहरुको उत्तर अहिले सम्म कसैले पाउन सकेको छैन।

उमेरले ५५ वर्ष पुगिसकेपनि सलमानको विवाहको चर्चा हुन छाडेको छैन। ५५ वर्षको उमेरमा पनि विभिन्न नायिका तथा मोडेलहरुसंग उनको नाम जोडिने गरेको छ।

बचपनमा भएको त्यो प्रेम

कुनै एक समयमा सलमान गहिरो प्रेम सम्बन्धमा समेत थिए। किशोर अवस्थामा हुँदा उनी एक किशोरीसंग गहिरो प्रेम सम्बन्धमा रहेका थिए। सो बारे सलमान आफैंले खुलासा गरेका हुन्। एक टेलिभिजन शोक क्रममा सलमानले कुनै एक समयमा आफू एकतर्फी गहिरो प्रेममा परेको खुलासा गरे।

बिग बोस सिजन १३ का क्रममा अजय देवगन र काजोलसंग कुराकानी गर्नेक्रममा सलमानले विभिन्न खुलासा गरे। काजोलले जब कोहि केटी मन परेर पनि नभएको घटना छ भनेर सोध्दा सलमानले १५ वर्षको उमेरमा एक युवती मन परेको किस्सा सुनाए।

सलमानका अनुसार ती युवतीले आफूलाई रिजेक्ट गर्ने डरले गर्दा उनले प्रपोज गरेका थिएनन्। साथै उनले ती युवतीको कुकुरले पनि तोकेको सुनाए। त्यतिकैमा मजाक गर्दै अजय बोले,”अब केहि बोले उसको पतिले टोक्छ।’

ती युवतीलाई पाँच वर्ष पहिला पनि भेटेको सलमानले सुनाए। मजाक गर्दै भने,”धन्य मैले उनलाई मन पराउँछु भनेर भनिन। नत्र आज म हजुरबा बनिसकेको हुने रहेछु।”

सलमानक अनुसार उनले १५ वर्षको उमेर मन पराएकी युवतीका अहिले नाति-नातिना छन्।

प्रकाशित : शुक्रबार, असोज ०८, २०७८११:०७

जब करीना कपूरले इस्लाम कबूल गर्न मानिनन् …