जब करीना कपूरले इस्लाम कबूल गर्न मानिनन् …

एजेन्सी – भारतीय क्रिकेट टीम के कैप्टन हो नवाब मंसूर अली खान पटौदीसँग विवाह गरेपछि अभिनेत्री शर्मिला टेगोरले धर्म परिवर्तन गरेकी थिइन्। पहिला हिन्दु धर्म मान्ने उनले इस्लाम धर्म कबूल गरेकी थिइन्। इस्लाम धर्म कबूल गरेपछि उनले आफ्नो नाम समेत परिवर्तन गरेकी थिइन्। उनको नाम आयेशा बेगम राखिएको थियो।

उनै धर्म परिवर्तन गरेर मुस्लिम बनेकी शर्मिलाका छोरा हुन् बलिउड अभिनेता सैफ अली खान। उनले पनि गैरमुस्लिमसंग विवाह गरे। पूर्व पत्नी अमृता सिंह र करीना कपूर दुवै गैरमुस्लिम हुन्। तर, दुवैलाई सैफले धर्म परिवर्तन गर्न लगाएनन्।

एक अन्तर्वार्ताका क्रममा सैफलाई करीना कपूरले इस्लाम धर्म कबूल नगरेको विषयमा प्रश्न गरिएको थियो। उक्त प्रश्नको जवाफ दिंदै आफ्नी आमाले आफ्नो चाहना अनुरुप इस्लाम कबूल गरेको भएपनि करीनाले भने धर्म परिवर्तनमा चासो नदिएको बताएका थिए। आफूहरुले पनि त्यस्तो कुनै दबाव नदिएको उनको भनाई थियो।

सैफका अनुसार धर्मलाई लिएर उनको परिवारमा त्यस्तो केहि बन्देज छैन। त्यहि भएर करीनाले आफू जे राम्रो लाग्छ त्यहि धर्म मानिरहेको सैफ बताउँछन्। करीनाले इस्लाम धर्म नमानेपनि खान थर भने राखेकी छन्।

“धर्म एक आंतरिक मामला हो। यो मनबाट हुने भएका कारण कर गर्ने कुरा आउँदैन। धर्मलाई व्यक्तिमै निहित हुनु दिनुपर्छ।”,एक अन्तर्वार्ताका क्रममा सैफले भनेका थिए।

सैफका छोरा-छोरीलाई पनि धर्मको विषयमा कुनै बन्देज छैन। धर्मको विषयमा आफूहरुले छोरा-छोरीलाई पनि खासै कर नगरेको सैफको भनाई छ। आफूले एक धर्मलाई सम्मान गर्ने भन्दा पनि सबै धर्मलाई सम्मान गर्नुपर्छ भनेर सिकाएको सैफ बताउँछन्।

प्रकाशित : शुक्रबार, असोज ०८, २०७८१५:३४

यस चलचित्रमा किलोका किलो सुनमा सजिएकी थिइन् ऐश्वर्या, कति किलो भन्ने थाहा पाउँदा सबै चकित !