यस चलचित्रमा किलोका किलो सुनमा सजिएकी थिइन् ऐश्वर्या, कति किलो भन्ने थाहा पाउँदा सबै चकित !

एजेन्सी – बलिउड सुपरस्टार ऐश्वर्या राय अभिनयका कारण मात्र नभई सुन्दरताका कारण पनि चर्चित छन्। ऐश्वर्याको सुन्दरताको चर्चा भारतमा मात्र सिमित छैन। ऐश्वर्याको सुन्दरताको चर्चा विश्वभर हुनेगर्छ। आमा बनिसकेपछि पनि ऐश्वर्याको सुन्दरतामा कमि आएको छैन।

सुन्दरताको कुरा गर्ने हो भने धेरैले ऐश्वर्याले काम गरेको चलचित्र जोधा अकबरको कुरा गर्छन्। सम्पूर्ण रुपले उक्त चलचित्रमा ऐश्वर्या पूर्ण देखिएकी थिइन्। उक्त चलचित्रमा ऐश्वर्याले निभाएको भूमिकाको अहिले पनि चर्चा हुने गर्छ। त्यति मात्र होइन, चलचित्रमा प्रयोग भएको कस्ट्युम पनि लामो समय सम्म चर्चामा रह्यो।

चलचित्र जोधा अकबरलाई जसरी प्रस्तुत गरिएको थियो, त्यसरी अहिले कमै चलचित्रहरुलाई प्रस्तुत गरिन्छ। चलचित्र निर्माण पक्षले गर्दै आएको दावीलाई मान्ने हो भने उक्त चलचित्रमा ऐश्वर्याको कस्ट्युम निर्माणमा मात्रै सय किलो सुन प्रयोग गरिएको थियो। चलचित्रमा ऐश्वर्याले प्रयोग गरेका गहना र वस्त्रहरुमा सक्कली सुन प्रयोग गरिएको र प्रयोग भएको सुन सय किलो बराबर रहेको बताइन्छ।

साथै उनले प्रयोग गरेका वस्त्रहरुमा सुनका अलावा बहुमूल्य रत्न र मोतीहरु पनि प्रयोग भएका थिए। जोधा अखबारमा ऐश्वर्यालाई सजाउन प्रयोग भएका प्राचीन गहनामा प्रयोग भएका सुन, बहुमूल्य रत्न र मोती सय किलो बराबर रहेको बताउने गरिन्छ।

ऐश्वर्याले प्रयोग गर्ने गहना तयार पार्न नै ७० कालिगढ प्रयोग गरिएको थियो भने ती गहनाको सुरक्षाका लागि ५० जना गार्ड खटाइएको थियो। चलचित्रमा ऐश्वर्याले रानी जोधाको भूमिका निभाएकी थिइन् भने ऋतिक रोशनले अकबरको भूमिका निभाएका थिए।

प्रकाशित : शनिबार, असोज ०९, २०७८१४:०७

‘पो-र्नको संसारबाट बाहिर निस्किनुस’ भन्दै शर्लिनले शिल्पामाथि गरिन यस्तो तिखो प्रहार!