‘पो-र्नको संसारबाट बाहिर निस्किनुस’ भन्दै शर्लिनले शिल्पामाथि गरिन यस्तो तिखो प्रहार!

अभिनेत्री शर्लिन चोपडाले सोशल मिडियामा एक नयाँ पोष्ट गर्दै शिल्पालाई तिखो प्रहार गरेकी छिन् ।

शर्लिनले एक अन्तर्वार्ताको भिडियो क्लिप सामाजिक सञ्जालमा साझा गर्दै क्यापशनमा लेखेकी छन् ,”तपाई टिभीमा  साष्टांग दंडवत प्रणाम गर्नुहुन्छ ति कलाकारलाई जोबाट तपाई प्रभावित हुनुहुन्छ। रील लाइफबाट बाहिर निक्लिएर वास्तविक जीवनमा गएर पीडित महिलालाई सहानुभूति देखाउनुहोस्। विश्वास गर्नुहोस् तपाईलाई सबैले साष्टांग दंडवत प्रणाम गर्नेछन्। स्टेजमा लक्ष्मीबाईको बारेमा बोल्न सजिलो छ तर तपाई आफ्नो वास स्थानबाट बाहिर निक्लिनुहोस र पो-र्नको संसारबाट बाहिर निक्लिनुहोस।”

 

के भनेकी थिइन् शिल्पाले ?

केहि दिन पहिले शिल्पाले सुपर डान्सर च्याप्टर ४ मा भनेकी थिइन् ,”म झान्सीकी रानीको बारेमा जब सुन्छु तब म समाजको अनुहार देख्छु। किनकी आजनि पनि महिलाले आफ्नो हक, आफ्नो अस्तित्व र आफ्नो बच्चाको लागि लड्नुपर्छ। लक्ष्मी बाईको कहानीले हामी महिलालाई आफ्नो जिन्दगीको लडाई लड्नको लागि प्रेरित गर्छ। झान्सीकी रानी साँचै नै एक सुपरवुमन थिइन्। हाम्रो ईतिहास र यो सुनेर मलाई गर्व लाग्छ कि म यस्तो निडर महिला जन्मेको देशमा जन्मे। हामी महिलाले आफ्नो हकको लागि लड्न सक्छौँ। सबैको लागि मेरो साष्टांग दंडवत प्रणाम।”

१९ जुलाईमा राज गिराफ्तार भएका थिए:

शिल्पाको श्रीमान राज कुंद्रालाई १९ जुलाईमा पो-र्न फिल्मको बनाएकोआरोपको कारण न्यायिक हिरासतमा लिइएको थियो। यस मामिलाबाट उनलाई केहि दिन पहिले जमानत मिलेको थियो।  राज गिराफ्तार भएपछि शिल्पाले कामबाट दुरी बढाएकी थिइन्। त्यसपछि उनले  १ महिनासम्म कुनै पनि शुटिंग गरिनन् र पछि फेरि उनी काममा फर्किईन्।

प्रकाशित : शनिबार, असोज ०९, २०७८१८:४७

एकाएक यति धेरै बदलिइन् यी नायिका, चिन्न नसकेपछि हुन थाल्यो गालिको वर्षा !