एकाएक यति धेरै बदलिइन् यी नायिका, चिन्न नसकेपछि हुन थाल्यो गालिको वर्षा !

एजेन्सी – बलिउड अभिनेत्री रकुल प्रीत सिंहले धेरै छोटो समयमै धेरै सफलताहरु पाइसकेकी छन्। उनले अहिले सम्म धेरै हिट फिल्महरुमा काम गरिसकेकी छन्। रकुल बलिउडमा मात्र नभई दक्षिण भारतीय चलचित्र क्षेत्रमा चर्चित छिन्।

धेरै दर्शकले मन पराउने उनी यति बेला भने ट्रोलको शिकार भैरहेकी छन्। उनी ट्रोल हुनुको कारण अरु केहि नभई एक तस्विर हो। केहि दिन अगाडी उनले इन्स्टाग्राममा एक तस्विर सार्वजनिक गरेकी थिइन्। तस्विरमा उनी पहिला भन्दा धेरै फरक देखिएकी थिइन्।

उक्त तस्विरमा रकुललाई चिन्न समेत मुस्किल छ। रकुलको अनुहार पहिला भन्दा पातलो देखिन्छ भने उनको नाम पनि पहिला भन्दा अलि बढी चुच्चो देखिन्छ। तस्विर देख्ने धेरै जस्तो व्यक्तिहरु उनले प्लास्टिक सर्जरी गरेको अनुमान लगाइरहेका छन्।

४ लाख भन्दा बढीले लाइक गरिसकेकको उक्त तस्विरमा अध्याधिक नकारात्मक टिप्पणी गरिएका छन्। धेरैले उनलाई प्लास्टिक सर्जरी गरेको भन्दै गालि गरेका छन् भने केहिले उनको मजाक पनि बनाएका छन्।

भएको राम्रो अनुहारलाई प्लास्टिक सर्जरी गरेर बिगारेको टिप्पणी गर्दै धेरैले के गरेको यस्तो ? भन्ने प्रश्न गरेका छन्। एक इन्स्टाग्राम प्रयोगकर्ता लेख्छन्,”को हुन् यिनी ?

अर्का एक लेख्छन्,”यी बलिउडवालाहरुलाई के सुर चल्छ ? हुँदा-खाँदाको अनुहारलाई के हालात बनाएको होला यस्तो?” थप अर्का एक इन्स्टाग्राम प्रयोगकर्ता लेख्छन्,राम्रो अनुहारलाई बिगार्न यत्रो रहर ?”

प्रकाशित : आइतबार, असोज १०, २०७८११:५३

यी बलिउड नायिकाले शेयर गरिन् स्कुलमा हुँदाका तस्विर, धेरैले चिनेनन् !