काठमाडौँ – मानुषी लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपिओ) को बाँडफाँड यसअघि नै भइसकेको थियो । साथै आइपिओ बाँडफाँड भएको करिब एक महिनापछि कम्पनीको शेयर दोस्रो बजारमा सूचीकृत भएको छ।
नेपाल स्टक एक्सचेन्ज र मानुषी लघुवित्त वित्तीय संस्थाबीच आइतबार प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ३ लाख ९३ हजार ७५० कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता भएको हो ।
स्टक एक्सचेञ्जले मानुषी लघुवित्तको पहिलो सेयर कारोबारको रेन्ज १३२ देखि ३९६ रुपैयाँ तय गरेको छ।
आइपिओ बाँडफाँड हुँदा ३६ हजार ८ सय ५६ जनाले १० कित्ताका दरले शेयर पाएका थिए भने भाग्यमानी ३ जनाले ११ कित्ताका दरले आइपिओ पाएका थिए।
कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० लाख कित्ता साधारण शेयर निष्कासनमा ल्याएको थियो । त्यसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीलाई र १९ हजार ६८८ कित्ता सामूहिक लगानीका लागि छुट्याइएको थियो। बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको थियो।