लगातार घटेको सुनको मूल्य आज बढ्यो, कति ?

हप्ताको पहिलो दिन स्थिर रहेको सुनको भाउमा सोमबार भने सामान्य वृद्धि भएको छ। शुक्रबारको तुलनामा आइतबार कुनै घटबढ नभएको सुनको मूल्य आज भने ३ सय रुपैयाँको सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको भाउ प्रति तोला ८९ हजार ३ सय कायम भएको छ। शुक्रबार र आइतबार तोलाको ८९ हजारमा कारोबार भएको छापावाला सुन सोमबार ३ सयले बढेको हो।

त्यस्तै, तेजाबी सुनको मूल्यमा पनि ३ सय रुपैयाँको वृद्धि भएको छ। सोमाबर नेपाली बजारमा तेजाबी सुनको भाउ ८८ हजार ८५० प्रति तोला कायम भएको छ। आइतबार भने तेजाबी सुन तोलाको ८८ हजार ५५० मा किनबेच भएको थियो।

चाँदीको मूल्य पनि बढ्यो

सोमबार चाँदीको भाउ पनि बढेको छ। आइताबार ११ सय ५० मा किनबेच भएको चाँदी सोमबार १० रुपैयाँले बढेर आइतबार ११ सय ६० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित : सोमबार, असोज ११, २०७८११:३०

फेरी अरबौ बराबरको यस कम्पनिको आइपिओ खुल्दै: धेरैको हात खाली नहुने!