फेरी पनि वर्ष बाधक बन्यो ई.पि.एल को, आयोजक साथै दर्शक सबै असन्तुष्ठ

लगातारको वर्षाका कारण रोकिएका एभरेट प्रिमियर लिगका खेलहरु अझै सुचारु हुन सकेका छैनन् । आईतवार भएको पोखरा राईनोज र भैरहवा ग्लाडिएटर्स बिचको खेल हुँदै गर्दा वर्षाले रद्द भएपछि आज सम्ममा ४ वटा खेलहरु अवरुद्ध भएका छन।

सोमवार असोज ११ गते हुने भनिएका विराटनगर वारीयर्स र काठमाडौँ किंग्स ११ तथा भैरहवा ग्लाडिएटर्स र चितवन टाईगर्सबीचको खेल लगातारको वर्षाले हुन सकेन।

    त्यस्तै आज असोज १२ गतेलाई तोकिएका काठमाडौँ किंग्स ११ र पोखरा राईनोज बिचको खेल आउट फिल्ड हिलाम्मे भएको हुँदा संचालन गर्न नसकिएको आयोजकले जनाएका छन।

स्थगित खेलहरुका लागि नयाँ तालिका बनाएर सार्वजनिक गरीने आयोजकले बताएका छन।

खेलप्रेमी दर्शक भने टियु मैदानको यो अवस्था देखेर आक्रोसीत भएका छन।

धेरैले सामाजिक संजालमा आफ्नो आक्रोष पोखेका छन साथै गौतम बुद्ध अन्तराष्टिय क्रिकेट मैदान चाँडै बनाउन तर्फ ध्यानाकर्सणको माग गरेका छन।

प्रकाशित : मङ्गलबार, असोज १२, २०७८१६:४४

“मेस्सीले तीन खेलमा गोल गर्न सकेन भन्नेले रोनाल्डोको युभेन्टसमा सुरुको हालत हेर्नुपर्छ अनि बोल्नु”