यस्तो सुन्दर तरिकाले गरे पीएसजीको जर्सीमा मेस्सीले पहिलो गोल [भिडियो सहित]

प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी विरुद्ध मंगलबारको खेलमा निकै सुन्दर गोल गर्दै लियोनल मेस्सीले पेरिस सेन्ट जर्मेन (पिएसजी) का लागि गज्जब तरिकाले गोलको खाता खोलेका छन्। फ्रेन्च क्लबले १-० को अग्रता लिएको अवस्थामा अर्जेन्टिनी कप्तानले आकर्षक तरिकाले गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए।

खेलको ७४ औं मिनेटमा मेस्सीले मैदानको राइट साइडबाट आक्रमणको सुरुवात गरे। जसपछि केहि डिफेन्डरलाई छक्याउँदै किलियन एम्बाप्पेलाईइ दिएको बल फ्रेन्च स्टारले मेस्सीलाई पुन: पास दिएका थिए। एम्बाप्पेको सुन्दर पासलाई निकै आकर्षक तरिकाले सिटीका गोलकिपर एडर्सनलाई कुनै मौका नै नदिने तरिकाले डी-बक्सको बाहिरबाट नै प्रहार गरेको बलले जाली चुम्न सफल भएको थियो।

पीएसजीका लागि गरेको पहिलो गोल च्याम्पियन्स लिगमा मेस्सीको १२१ औं गोल रहेको छ। उनी प्रतियोगिताका सर्वाधिक गोलकर्ता रोनाल्डो भन्दा १४ गोलले पछि रहेका छन्। बुधबार राति याक्सनमा उत्रिने रोनाल्डोले प्रतियोगिता इतिहासमा सर्वाधिक १३५ गोल गरेका छन्।

सिटी विरुद्धको यो गोल ६ पटकका ब्यालुन डी ओर विजेताको प्रिमियर लिग टोली विरुद्ध २७ औं गोल हो। आजसम्म कहिल्यै पनि प्रिमियर लिग नखेलेका खेलाडीका लागि सायद यो तथ्यांक नराम्रो नहोला। सिटी विरुद्ध भने मेस्सीको यो सातौँ भेटमा सातौँ गोल रहेको छ।

प्रकाशित : बुधबार, असोज १३, २०७८१२:०३

कोपा च्याम्पियन अर्जेन्टिना र युरो च्याम्पियन इटाली बीच महा भिडन्त हुने, कहिले ?