प्रिमियर लिगमा टोटनह्याम र ब्रेन्टफोर्डको जित, सिटि र लिभरपुलले खेले बराबरी

प्रिमियर लिगमा आईतवार चार खेलहरु भएका छन। जसमध्ये टोटनह्याम र ब्रेन्टफोर्डले जित हात पारेका छन भने लेस्टर सिटि र क्रिष्टल प्यालेस तथा म्यानचेस्टर सिटि र लिभरपुलले बराबरी खेलेका छन।

टोटनह्यामले एसटन भिल्ला माथी २-१ को जीत निकाल्यो जस्मा पियरी-एमिल होएबर्गले २७औँ मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाएका थिए। भल्लिाका लागी ओले वाट्किन्सले ६७औँ मिनेटमा गोल फर्काए पनि ७१औँ मिनेटमा ह्यु मिन सनको क्रस म्याट टारगेटलाई लागेर आत्मघाती गोल हुन पुग्यो।

अर्को खेलमा प्रिमियर लिगको नयाँ सदस्य ब्रेन्टफोर्डले आफ्नो चकत्कारी खेललाई निरन्तर्ता दिँदै वेस्टह्यामलाई २-१ गोल अन्तरले हरायो। ब्रेन्टफोर्डको जितमा ब्रायन म्वियुमोले २०औँ मिनेटमा तथा सब्स्टिट्युट भएर आएका योआन व्यिसाले ईन्जुरी टाईमको चौथो मिनेटमा गोल गर्दै टिमलाई जित दिलाए ।वेस्टह्यामका लागी खेलको ८०औँ मिनेटमा जेर्रो बोवेनले सान्तोना गोल फर्काए ।

खेलको पहिलो हाफमा दुई गोलको अग्रता लिइसकेको लेस्टर सिटीलाई दोस्रो हाफमा उत्कृष्ठ प्रदर्शन गर्दै कृष्टल प्यालेसले २-२ गोलको बराबरीमा रोक्यो। खेलमा किलेचि ईयानाचोले ३१औँ र जेमि भार्डिले ३७औँ मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए।प्यालेसका लागी सब्स्टिट्युट भएर मैदान छिरेका माईकल वोलिसले ६१औँ तथा जेफ्री स्क्लपले ७२औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

त्यसतै अन्तिम खेलमा अघिल्लो संकरणको विजेता म्यानचेस्टर सिटीले प्रबल दाबेदार लिभरपुललाई २-२ गोलको बराबरीमा रोक्यो। निकैनै रोमान्चक खेलमा लिभरपुलले दुई पटक अग्रता लिएपनि सिटीले बराबरी गर्दै खेलमा रोमान्च थपेको थियो।लिभरपुलका लागी साडियो मानेले ५९औँ तथा मोहम्मद सालहले ७६औँ मिनेटमा गोल गरे भने सिटीका लागी फिलिप फेडेनले ६९औँ तथा केभिन डि ब्रुईनाले ८१औँ मिनेटमा बराबरी गोल फर्काएका थिए।

 

प्रकाशित : सोमबार, असोज १८, २०७८११:१०

बार्सिलोनामा अहंकार आएर पीएसजी गरेका नेयमार: सडेको बच्चा जस्तै भए !