“अहिले सलाह जति उत्कृष्ट कोहि छैन, मेस्सी र रोनाल्डो पनि सलाह नजिक छैनन्”

एजेन्सी – ब्ल्याकबर्न रोभर्सका पूर्व स्ट्राइकर क्रिस सट्टनले हालको अवस्थामा लिभरपुलका स्ट्राइकर विश्वकै सर्वोत्कृष्ट खेलाडी रहेको दावी गरेका छन्। बिबिसीसँग कुराकानी गर्नेक्रममा सट्टनले अहिले सलाह जति उत्कृष्ट लयमा कुनै पनि खेलाडी नरहेको र अहिले उनी नै विश्वको उत्कृष्ट खेलाडी रहेको बताएका हुन्।

सट्टनले हालको अवस्थामा सलाह क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी भन्दा पनि उत्कृष्ट रहेको बताए। सट्टनले भने,”यस समयमा, उनी [लियोनेल] मेस्सी र [क्रिस्टियानो] रोनाल्डो भन्दा राम्रो छन्।”

सलाहले गएको केहि सिजन देखि एकनासको प्रदर्शन गरिरहेको पनि सट्टनले स्मरण गरे। गएको सिजन लिभरपुल कम्जोर भएको अवस्थामा समेत सलाहले राम्रो प्रदर्शन गर्न सकेको सट्टनले बताए। सिजन पछि सिजन सलाहले आफूलै प्रमाणित गरिरहेको सट्टनको भनाई छ।सलाहको प्रदर्शनमा सिजन पछि सिजन एकरुपता रहेको र त्यसले सबैलाई अचम्मित बनाइरहेको उनले बताए।

“उनको गोल संख्या गएका सिजनहरुमा सनसनीपूर्ण छ। सिजन पछि सिजन उनले आफूलाई प्रमाणित गरिरहेका छन्।”,सट्टनले भने,”सलाहको स्थिरता स्तरले नै उनलाई विश्वको उत्कृष्ट खेलाडी बनाइरहेको छ।”

गएका केहि सिजन देखि लगातार लिभरपुलको मूख्य स्ट्राइकरको रुपमा रहेका सलाहले लिभरपुलक लागि १ सय ३ प्रिमियर लिग गोल गरिसकेका छन्। प्रिमियर लिगको सबै भन्दा महत्वपूर्ण मानिएको खेलमा सलाहले आइतबार म्यानचेस्टर सिटी विरुद्ध पनि गोल गरे। डिफेन्समा रहेका ८ खेलाडी मध्ये ६ खलाडीलाई बिट गर्दै उनले गरेको गोल अहिले चर्चामा छ।

सो गोल बारे टिप्पणी गर्दै लिभरपुलका प्रशिक्षक युर्गेन क्लोपले सलाहले सिटी विरुद्ध गरेको गोलको आउने ५०-६० वर्ष सम्म कुरा चल्ने बताएका थिए। साथै क्लोपले उक्त गोललाई विश्वस्तरीय समेत भनेका थिए।

प्रकाशित : मङ्गलबार, असोज १९, २०७८१३:२२

“रोनाल्डोले युनाइटेडलाई खत्तम बनाउँदैछन्, स्वार्थी खेलाडी गोल मात्र गर्न खोज्छन्”