“युनाइटेडले रोनाल्डोलाई मेरो घरेको करेसाबाट अनुबन्ध गरेको हो”- लिनेकर

इंग्ल्याण्डका दिग्गज ग्यारी लिनेकरले दाबी गरेका छन् कि म्यानचेस्टर युनाइटेडका कार्यकारी उपाध्यक्ष एड वुडवर्डले क्रिस्टियानो रोनाल्डोलाई उनको पछाडिको बगैचामा रहेर अनुबन्ध गरेका हुन्।

१२ वर्षअघि म्यानचेस्टर छाडेर रियल म्याड्रिड प्रस्थान गरेका रोनाल्डो यहि ट्रान्सफर विन्डोको अन्तिम दिन युभेन्टसबाट पुन: म्यानचेस्टर युनाइटेडसँग अनुबन्ध भएका हुन्। यस्तोमा, लिनेकरले खुलासा गरेका छन् कि रोनाल्डो अनुबन्धको केहि सम्झौता वुडवर्डले पूर्व टोटेनहम स्ट्राइकरको पछाडिको बगैचाबाट गरेका थिए।

लिनेकरले बीबीसी स्पोर्टलाई भने: “एड वुडवर्ड मेरो एक राम्रो साथी हो र उनी मेरो छिमेकी पनि हुन्। उनले रोनाल्डोलाई मेरो बगैंचामा हुँदा अनुबन्ध गरेका हुन्। त्यो अद्भुत क्षण थियो। मलाई थाहा थियो जब उनी मेरो बगैंचामा प्रवेश गरे उनी रोनाल्डोका एजेन्टसँग फोनमा थिए। मैले सायद यहाँ धेरै जानकारी दिएको छैन तर हो उनले रोनाल्डोलाई अनुबन्ध गरे।”

आफूसँग आफ्नो र वुडवर्डको आफ्नो बगैंचामा हुँदाको एक राम्रो फोटो पनि रहेको कारण म्यानचेस्टरका कार्यकारी उपाध्यक्षको अनुमति मागेर कुनै दिन साझा गर्ने समेत बताएका छन्।

प्रकाशित : बुधबार, असोज २०, २०७८१८:०७

इटालीको अपराजित यात्रामा स्पेनले लगाइदियो ब्रेक !