दिनहु खानुस मुला: हुनेछ क्यान्सर, जन्डिसदेखि मसल्स बनाउनसम्म अनेकौ फाइदा!

मूली खादा  क्यान्सर र जन्डिस  जस्ता थुप्रै रोगहरु ठिक हुन्छ। जाडो मौसममा मुलाको पराठा खाँदाको मज्जा  पनि छुट्टै हुन्छ। पराठा बाहेक, यसको तरकारी पनि धेरै स्वादिष्ट हुन्छ।  मुलाले  मानिसको स्वास्थ्यलाई स्वस्थ राख्छ। जान्नुहोस्  मूला किन लाभदायक छ:

किराले टोक्दा:

कुनै किराले  टोक्दा हुने दुखाइ असहनीय हुन्छ । यदि समयमा  औषधि लगाइएन भने संक्रमण बढ्न सक्छ। तर मुलाले संक्रमण हुनबाट बचाउछ। मुलाले किराको टोकाइबाट हुने डाबर र दुखाईबाट राहत दिन्छ। यसबाहेक मुलाको थुप्रै फाइदाहरु रहेको छ।

जवान देखाउन:

मुलामा भिटामिन सी र एन्टिअक्सिडेन्ट पाइन्छ।  जसले तपाइको छालालाई ड्यामेज हुनबाट बचाउँछ। मुलाले तपाइलाई जवान राख्न मद्दत गर्दछ। यसमा पाइने भिटामिन सी, फस्फोरस र जिंकले छालालाई लामो समयसम्म फ्रेस राख्छ।

छाला सफा:

मूलाले तपाइको शरीरबाट सबै विषाक्त तत्वहरुलाई बाहिर निकाल्छ, जसको परिणामस्वरूप तपाइको छाला सफा हुन थाल्छ। यस बाहेक छाला सफाको लागी मुलालाई टुक्रा बनाएर छालामा लगाउन पनि सकिन्छ ।

मसल्स:

मसल्स बनाउनको लागि  धेरै पोषक तत्वहरु आवश्यक हुन्छ । मुलामा अधिक मात्रामा प्रोटिन पाइन्छ । जुन मसल्स बनाउनको लागी जरुरि हुन्छ । आफ्नो आहारमा मूली समावेश गर्दा शरीर टोन बन्छ।

चाया:

आफ्नो आहारमा सलाद वा सब्जी कुनै पनि रूपमा मुला  मूली समावेश गर्नुहोस्। मुलाको रसलाई कपालको जरामा लगाउनुहोस् र रस संग तौलियाले बाध्नुहोस्। एक घण्टापछि कपाल धुनुहोस्। यसो गर्नाले ड्यान्ड्रफ अर्थात् चायाको समस्या समाप्त हुन्छ। यसबाहेक मूलाले कपाल झर्न रोक्न र कपालमा चमक ल्याउन पनि मद्दत गर्दछ।

मुलाका  फाइदाहरु:

तौल घटाउन:

मूलामा धेरै मात्रामा पानी हुन्छ, जसको कारण यो खानाले एक्स्ट्रा क्यालोरी पैदा गर्दैन र यसले शरीरको बोसो पनि हटाउँछ। तसर्थ, आफ्नो आहारमा मुला समावेश  गर्नुहोस र मोटोपना घटाउनुहोस् ।

डायबिटीज:

मुलामा उच्च मात्रामा फाइबर हुन्छ । त्यसैले मधुमेहका रोगीले  यसलाई आरामसंग खान सक्छन्। मुलाले रगतमा चिनीको मात्रालाई  सन्तुलनमा राख्छ। जसको कारण यो मधुमेह रोगीहरुको लागी एक राम्रो सलाद हो।

खोकी र चिसो:

यदि लगातार खोकी र चिसोले तपाइलाई सताएको छ भने आफ्नो आहारमा मुला समावेश गर्नुहोस्। मूलामा एन्टी-कन्जेस्टिभ गुण हुन्छ, जसले तपाइको घाँटीको कफलाई  सफा गर्छ। साथै  मूलाले प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउँछ।

जन्डिस:

मुलाले शरीरबाट विषाक्त पदार्थ हटाएर कलेजो र पेट सफा गर्छ। यो जन्डिसको बिरामीको लागि पनि उपयोगी छ। यसले रगतमा बिलीरुबिनको मात्रा नियन्त्रण गर्न र शरीरमा अक्सिजनको आपूर्ति बढाउन मद्दत गर्दछ।

किड्नी सफा:

मुलाले यूरिनल ट्रेट इंफेक्शन (यूटीआई) बाट  बचाउछ । यसले  मिर्गौलाको  सफा गर्दछ र यसको रसबाट संक्रमणको समयमा हुने जलनलाई  राहत प्रदान गर्दछ।

जवाहरलाल नेहरू टेक्नोलोजिकल युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले आफ्नो अध्ययनमा पत्ता लगाएका थिए कि मूलले क्यान्सर रोक्न मद्दत गर्दछ। मुलामा आइसोथियोसाइनेट  र एनथोसाइसींसमा धेरै मात्रामा पाइन्छ। जसले  क्यान्सरसंग लड्न मद्दत गर्दछ। यो अध्ययन २०१० मा मेडिकल जर्नल “प्लान्ट फूड्स अफ ह्युमन न्यूट्रिशन” मा प्रकाशित भएको थियो।

प्रकाशित : मङ्गलबार, असोज २६, २०७८१२:४८

ओठलाई यसरी बनाउनुहोस मुलायम र गुलाबी, जानीराखौ यी ६ घरेलु उपाय!