केरा हाम्रो स्वास्थ्यलाई मात्रै नभई बाहिरी छालालाई स्वस्थ र चम्किलो बनाउनको लागी प्रयोग गर्न सकिन्छ । केरामा भिटामिन सी, ए, पोटेशियम, क्याल्सियम, फस्फोरस र कार्बोहाइड्रेट भरपुर हुन्छ। जुन छालाको लागी धेरै तरिकाबाट लाभदायक हुन्छ ।
तपाइले एउटा केरालाई प्राकृतिक र होममेड फेस मास्कको रुपमा प्रयोग गर्न सक्नुहुन्छ। जले तपाइको छालालाई मोइस्चराइज गर्छ। त्यसैले आउनुहोस, जानीराखौकेरा बाट तयार फेस मास्कको बारेमा, जसको प्रयोगले तपाइको छालामा छुट्टै चमक आउनेछ।
यसरी बनाउनुहोस् फेस मास्क:
एउटा मिडियम साइजको पाकेको केरालाई म्यास गरेर पेस्ट बनाउनुहोस्, त्यसपछि यो पेस्ट बिस्तारै आफ्नो अनुहार र घाँटीमा लगाउनुहोस्। पेस्ट लगाएपछि यसलाई १० देखि २० मिनेटसम्म छोड्नुहोस्, त्यसपछि चिसो पानीले धुनुहोस्।
यस पेस्टको प्रयोग हप्तामा २ पटक गर्नाले तपाइको छाला सधै चम्किलो हुनेछ।
पिम्पल भएको छालाको लागि:
पिम्पल भएको छालाको लागि पनि केरा लाभदायी हुन्छ। त्यसको लागि आधा कप सादा दहि, २ चम्चा मह र एउटा मिडियम साइजको केराको पेस्ट बनाउनुहोस्।
यस पेस्टलाई आफ्नो छालामा १० देखि २० मिनेटसम्म छोड्नुहोस्। त्यसपछि चिसो पानीले धुनुहोस। यस पेस्टको प्रयोग हप्तामा २ पटक गर्नाले अनुहारमा भएको पिम्पल हराउछ।

