एजेन्सी – ब्राजिलियन आइकन रिभाल्डोले आफ्नो मनपर्ने बालोन डी’ओर मनोनित खेलाडी छानेका छन्। बेटफेयरसंग कुराकानी गर्नेक्रममा रिभाल्डोले बालोन डी’ओर विजेता छानेका हुन्। रिभाल्डोका अनुसार उनका लागि यस वर्षको बालोन डी’ओर लिभरपुलका स्टार फरवार्ड मोहम्मद सलाहले जित्नुपर्छ।
सलाह लिभरपुलका लागि प्रिमितर लिगमा मात्र नभई च्याम्पियन्स लिगमा पनि उत्कृष्ट प्रदर्शन गरिरहेको रिभाल्डोले बताए। प्रिमियर लिग र च्याम्पियन्स लिग दुवैमा गोल गर्नसक्नुलाई सामान्य मान्न नसकिने रिभाल्डोको भनाई छ।
प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी विरुद्ध सलाहले गरेको गोलको पनि रिभाल्डोले तारिफ गरे। जारी सिजनमा मात्र नभई गएको सिजन पनि सलाहले राम्रो प्रदर्शन गरेका कारण उनी बालोन डी’ओरको हकदार रहेको रिभाल्डोको भनाई छ।
“लिभरपुलका इजिप्शियन फरवार्डले प्रभावशाली शुरुवात गरेका छन् र म्यानचेस्टर सिटी विरुद्ध उनको गोल साँचै नै अद्भूत थियो।”,रिभाल्डोले भने,”उनी अहिले विश्वका सर्वश्रेष्ठ खेलाडीहरु मध्येका एक हुन्। र त्यो उनले गरिरहेका गोलले पुष्टि गर्छ।”
रिभाल्डोले प्रिमियर लिग र च्याम्पियन्स लिग दुवै कठिन लिग भएको र दुवै लिगमा सलाहले आफूलाई प्रमाणित गरिरहेको बताए। सलाह जस्तो उच्च स्तरको खेलाडी बालोन डी’ओरको हकदार हुने रिभाल्डो मान्छन्।
शुक्रबार मात्रै सन् २०२१ को बालोन डी’ओरको मनोनयन सार्वजनिक भएको छ। आयोजक फ्रान्स फुटबलले यस वर्षको बालोन डी’ओरको अन्तिम ३० मनोनयन सार्वजनिक गरेको हो। सार्वजनिक मनोनयनमा लिभरपुलका सलाहको नाम पनि समावेश छ। उनका अलावा मेस्सी, रोनाल्डो, लेवान्डोस्की र जर्गिन्हो लगायतका खेलाडीहरु पनि मनोनित भएका छन्।

