२०२२ विश्वकप नेयमारको अन्तिम हुने पुष्टि, भन्छन्-“सायद म मा अब क्षमता छैन” [भिडियो सहित]

ब्राजिलियन सुपरस्टार नेयमारले आउँदो वर्ष कतारमा हुने विश्वकप आफ्नो अन्तिम विश्वकप हुने पुष्टि गरेका छन्। उनले आफूमा अब फुटबल खेल्ने मानसिक क्षमता सायद नरहेको बताएका छन्।

ब्राजिलका लागि हालसम्म २ विश्वकपमा सहभागिता जनाएका पीएसजी स्टारका लागि सुखद यात्रा भने रहेको छैन। सन् २०१४ मा घरेलु भूमिमा पहिलो विश्वकप खेलेका नेयमार अन्तिम ८ को खेलमा चोटिल हुँदै बाहिरिएका थिए। जसपछि सेमी-फाइनलमा ब्राजिल जर्मनीसंग ७-१ को लज्जास्पद हार बेहोरेको थियो भने नेयमारको दोस्रो विश्वकपको रूपमा रहेको २०१८ विश्वकपको अन्तिम ८ को खेलमा ब्राजिल बेल्जियमसंग २-१ ले पराजित हुँदै बाहिरिएको थियो।

यस्तोमा आउँदो प्रतियोगिता सुरु हुनु भन्दा एक वर्ष भन्दा पनि कम मात्र समय बाँकी रहँदा २९ वर्षीय स्ट्राइकर अमेरिका, क्यानडा र मेक्सिकोमा हुने २०२६ को विश्वकप सम्म आफ्नो अन्तर्राष्ट्रिय क्यारियर विस्तार गर्ने बारे आशावादी छैनन्। “मलाई लाग्छ कि यो मेरो अन्तिम विश्वकप हो,” पेरिस सेन्ट जर्मेन स्टार ने डीएजेडएनको विशेष नयाँ वृत्तचित्र, नेयमार एण्ड द लाइन अफ किंग्समा भने,”म यो मेरो अन्तिमको रूपमा देख्छु किनकि मलाई थाहा छैन कि मसँग फुटबलसंग डील गर्ने क्षमता छ कि छैन।”

यसै कारण पनि आफ्नो सबैभन्दा ठूलो सपना (ब्राजिलसंग विश्वकप जित्ने) पूरा गर्न सबै कुरा गर्न आफू तयार रहेको पनि नेयमारले बताए।

प्रकाशित : आइतबार, असोज २४, २०७८१९:४९

के इतिहास पल्टाउँदै आज भारतलाई हराउन सफल होला त नेपाल ? कसरी हेर्ने खेल ?