कतार विरुद्ध रोनाल्डोको गोल, अन्तर्राष्ट्रिय गोल संख्या १ सय १२ !

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा पोर्चुगलले विश्वकप आयोजक राष्ट्र कतारमाथि सहज जित निकालेको छ । घरेलु मैदानमा पोर्चुगलले कतारलाई ३–० ले पराजित गरेको हो ।

पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो, जोस फोन्टे र आन्द्रे सिल्भाले गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल भएको थियो । कतार विरुद्ध गोल गरेसँगै रोनाल्डोको अन्तर्राष्ट्रिय गोल संख्या १ सय १२ पुगेको छ।

पोर्चुगलमा शनिबार राति भएको खेलमा घरेलु टोली पोर्चुगलले खेलको ३७औं मिनेटमा कप्तान रोनाल्डोको गोलबाट अग्रता लिएको थियो । डिएगो डालोटको पासलाई तारेक सलमानले क्लियर गर्न नसकेको बललाई रोनाल्डोले सिक्स यार्ड बक्सबाट सिधै जाली चुमाएका थिए ।

४८औं मिनेटमा जोश फोन्टेले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे । मारियोको फ्रिकिकलाई साद अल सिवले बचाउने प्रयास गरेपनि नियन्त्रणमा लिन नसकेको बललाई फोन्टेले जाली चुमाएका थिए ।

९०औं मिनेटमा आन्द्रे सिल्भाले गोल गर्दै पोर्चुगललाई ३–० को सहज जित दिलाए । राफयल लियोको क्रसमा आन्द्रे सिल्भाले हेडरमार्फत बललाई पोस्टको दिशा दिएका थिए ।

रोनाल्डोले २०२२ को फिफा विश्वकप आयोजक कतारविरुद्ध दोस्रो हाफ खेलेनन् । उनको स्थानमा राफयल लियोले खेल्ने अवसर पाएका थिए ।

प्रकाशित : आइतबार, असोज २४, २०७८०८:१५

यसपालि बालोन डी’ओरमा छैन रोनाल्डोको चान्स, यी ५ खेलाडीले पछि पार्ने पक्का ! [सूची सहित]