काठमाडौँ – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले राजीनामा दिने भएका छन्। हमालले मन्त्री भएको दुई दिन पनि नपुग्दै हमालले राजीनामा दिने भएका हुन्।
हमाल शुक्रबार मात्रै मन्त्री नियुक्त भएका थिए। गैरसांसद हमाललाई देउवाले शुक्रबार मन्त्री नियुक्त गरेका थिए भने उनले शुक्रबार नै सपथ लिएका थिए।
प्रधानन्यायाधीशसँग नाता समेत पर्ने हमाल मन्त्री नियुक्त भएपछि सर्वत्र आलोचना भैरहेको छ। सर्वत्र विरोध भएपछि विवादमा नफस्न राजीनामा दिने भएका हुन्। हमालले आजै प्रधानमन्त्री देउवालाई भेटेर राजीनामा दिने तयारी गरेका छन्।

