एजेन्सी – बार्सिलोनाका पूर्वस्टार खेलाडी लियोनेल मेस्सीलाई आफ्नो पूर्व क्लब बार्सिलोना च्याम्पियन्स लिगको दाबेदार हो भन्ने लाग्दैन। एक अन्तर्वार्ताका क्रममा मेस्सीलाई च्याम्पियन्स लिगका दाबेदार बारे प्रश्न गरिँदा बार्सिलोनाको नाम लिएनन्।
सबैलाई पेरिस सेन्ट जर्मेन(पिएसजी)ले च्याम्पियन्स लिग जित्छ भन्ने लागेको भएपनि त्यस्तो नरहेको मेस्सीले बताए। पिएसजी बहेज अन्य टीम पनि दाबेदार रहेको मेस्सीको भनाई छ। तर मेस्सी बार्सिलोना च्याम्पियन्सको दाबेदार हो भन्ने मान्दैनन्। च्याम्पियन्स लिगको दाबेदार क्लबको नाम भन्दा उनले बार्सिलोनाको नाम भन्दै भनेनन्।
चाम्पियन्स लिग जित्न सक्ने क्लब बारे प्रश्न गरिँदा मेस्सीले चेल्सी, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड बायर्न म्युनिख र इन्टर मिलानको नाम लिए।
मेस्सीले बार्सिलोनाको नाम नलिनुकी अर्थपूर्ण रुपमा हेरिएको छ। घरेलु लिग सँग-सँगै बार्सिलोना बार्सिलोना च्याम्पियन्स लिगमा पनि कम्जोर प्रदर्शन गरिरहेको छ। च्याम्पियन्स लिग समूह चरणका दुवै खेल हारिसकेव्को छ।
समूह चरणका खेलमै कम्जोर देखिएपछि बार्सिलोना समूहचरणबाटै बाहिरिने सम्भावना बढेर गएको छ। हालको अवस्थालाई हेर्ने हो भने बार्सिलोना च्याम्पियन्स लिगबाट सिधै युरोपा लिगमा पुग्न सक्छ। सायद त्यहि भएर पनि होला मेस्सीले च्याम्पियन्स लिगको दाबेदार क्लबको नाम लिँदा बार्सिलोनालाई उल्लेख गरेनन्।

