बेल्जियम भर्सेस इटाली: कसले जित्ला ? खेल कुन च्यानलमा हेर्ने ?

एजेन्सी – युइएफए नेसल्स लिग अन्तर्गत आज दुई खेल हुँदैछन्। युइएफए नेसल्स लिगको फाइनल सहित आज दुई खेल हुन लागेका हुन्। युइएफए नेसल्स लिगको फाइनलमा फ्रान्स र स्पेन भिड्दै छन् भने तेस्रो स्थानका लागि बेल्जियम र इटाली बीच प्रतिष्पर्धा हुनेछ।

तेस्रो स्थानका लागि प्रतिष्पर्धा गरिरहेका बेल्जियम र इटाली दुवै सेमिफाइनलमा पराजित भएका थिए। बेल्जियम फ्रान्ससंग पराजित भएको थियो भने इटाली स्पेनसँग।

३७ खेल देखि पराजित नभएको इटाली गएको हप्ता स्पेनसंग पराजित भएको थियो। इटालीलाई स्पेनले २-१ को गोल अन्तरले पराजित गरेको थियो। प्रशिक्षक रोबर्टो मान्चिनीको सम्हालिरहेको इटालीको टोलीले स्पेन विरुद्ध धेरै राम्रो खेलेको थियो। पहिलो हाफमा रेडकार्ड बेहोर्दै मैदानबाट लियोनार्डो बोनुची बाहिरिएपछि १० खेलाडीमा सिमित भएपनि इटालीले स्पेनलाई दबावमा राख्न सफल भएको थियो। १० खेलाडीमा सिमित हुँदा पनि इटालीको तर्फबाट कयौं आक्रमण भएका थिए।

यस्तै बेल्जियम शुरुवाती अग्रता जोगाउन नसक्दा फ्रान्ससंग पराजित भएको थियो। पहिलो हाफमा दुई गोलको अग्रता लिएपनि बेल्जियमले दोस्रो हाफमा तीन गोल बेहोरेको थियो।

तेस्रो स्थानका लागि हुने खेल नेपाली समय अनुसार १८ बजेर ४५ मिनेटमा शुरु हुनेछ। बेल्जियम र इटाली बीचको खेल कुनै पनि नेपाली च्यानलले प्रशारण गर्ने छैनन्। खेल हेर्नको लागि भारतीय च्यानलको भर पर्नुपर्नेछ। खेल सोनी टेन च्यानलमा प्रत्यक्ष प्रशारण हुनेछ।

प्रकाशित : आइतबार, असोज २४, २०७८१५:१९

स्पेन भर्सेस फ्रान्स: कसले जित्ला युइएफए नेसल्स लिग ? कुन च्यानलमा हेर्ने ?