उच्चतम स्तरमा फुटबल खेल्नु कुनै सजिलो काम हैन। विश्वकै सार्वाधिक लोकप्रिय खेलको सबैभन्दा उच्च स्तरमा निरन्तर प्रदर्शन गर्नु सानो काम हैन। उच्च स्तर उच्च दबाब र उच्च माग: यस्तो स्थितिमा फुटबल खेल्दा कतिपय खेलाडीले आफ्नो क्षमता अनुसार प्रदर्शन गर्नै सक्दैनन्। तर केहि यस्ता खेलाडी पनि हुन्छन् जसले दबाब भएको खेलमा अझ गज्जबको खेल देखाउँछन्।
आज हामी यस्ता ५ खेलाडीको बारेमा कुरा गर्दैछौं जसले विश्व फुटबलकै उच्च स्तरमा प्रेसर खेलमा सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्ने गर्छन्।
५. मोहम्मद सलाह
जब २०१७ मा रोमाबाट सलाह लिभरपुल आएका थिए। त्यो समयमा कसैले पनि सोचेको थिएन होला कि उनले क्लबका यस्तो प्रभाव पार्न सक्छन् भनेर। क्लबलाई रुपान्तरण गर्न निकै ठूलो भूमिका खेलेका सलाहले लिभरपुलका लागि पछिल्ला केहि सिजनबाट उच्च स्तरमा ठूला-ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।
कुरा २०१९ को च्याम्पियन्स लिग फाइनलको होस् वा २०१८ विश्वकप छनौटमा कङ्गो विरुद्धको खेलमा होस्, सलाहले दुबै अवसरमा गोल गर्दै आफ्नो टोलीलाई जीत दिलाए। कङ्गो विरुद्धको खेलमा इजिप्टलाई पहिलो पटक विश्वकपमा छनौट हुनको लागि एक गोलको आवश्यक रहेको थियो। सोहि अवस्थामा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै सलाहले पूरा इजिप्टको सपना पूरा गरे। कतिपय खेलाडी यस्तो दबाबको स्थितिमा ठूलो गल्ती गर्ने गर्छन् तर सलाहको केसमा भने त्यसो भएन।
४. एन्गोलो कान्ते
पछिल्ला ६ वर्षमा कान्तेले २ प्रिमियर लिग, च्याम्पियन्स लिग र विश्वकप उपाधि जितेका छन् र उनले निरन्तर रूपमा देश र क्लब दुबैका लागि प्रमुख भूमिका निभाउँदै आएका छन्। आफ्नो अनुसाशन र कडा परिश्रमकै कारण उच्च स्तरमा निकै उत्कृष्ट प्रदर्शनको बारेमा उदाहरण दिँदा गत वर्ष चेल्सीको च्याम्पियन्स लिग उपाधि जित्ने यात्रामा अन्तिम-१६ को दोस्रो लेग, सेमी-फाइनलका दुबै लेग र फाइनल खेलमा ‘म्यान अफ द म्याच’ प्रदर्शन कसले बिर्सन सक्छ र।
हरेक स्थितिमा आफ्नो १००% भन्दा बढी दिने गरेका कान्ते ठूला र दबाब वाला खेलमा अझ निखरिएर आउने गर्छन्।
३. सर्जियो रामोस
डिफेन्डर भएता पनि च्याम्पियन्स लिग फाइनलमा दुई गोल गरेका छन् पूर्व रियल म्याड्रिड कप्तान सर्जियो रामोसले, यो भन्दा ठूलो उदाहरण दिन सायद पर्दैन होल ठूला खेलमा उनको प्रदर्शनको बारेमा कुरा गर्दा। लगातार ३ पटक च्याम्पियन्स लिग जित्ने कप्तान सर्जियो रामोसको सबैभन्दा उत्कृष्ट प्रदर्शनको कुरा गर्दा हरेक फ्यानको दिमागमा २०१३-१४ च्याम्पियन्स लिग फाइनलको अन्तिम समयमा उनले गरेको गोल याद आउँछ।
यसै सिजन मात्र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) प्रस्थान गरेका ३५ वर्षीय डिफेन्डर एक शुद्ध म्याच-विन्नर हुन्।
२. लियोनल मेस्सी
फुटबल इतिहास कै सर्वश्रेष्ठ खेलाडी मध्ये एक मानिने अर्जेन्टिनी स्टारले यसै सिजन मात्र २८ वर्ष पछि आफ्नो राष्ट्रलाई प्रमुख उपाधि जिताउने क्लबमा प्रतियोगिता कै उत्कृष्ट खेलाडी घोषित हुने प्रदर्शन दिए। कतिपय समय ठूला समयमा चुक्ने गरेका मेस्सीले अनगिन्ति पटक ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने गरेका छन्। २ पटक च्याम्पियन्स लिग फाइनलमा गोल गरेका मेस्सी विश्व फुटबल कै सबैभन्दा ठूलो खेल मानिने एल-क्लासिकोका सार्वाधिक गोल गर्ने खेलाडी हुन्।
२०१८ विश्वकप छनौटको अन्तिम खेलमा अर्जेन्टिनालाई जित्नै पर्ने दबाब रहेको थियो। जसमा ३४ वर्षीय स्ट्राइकरले ह्याट्रिक गर्दै अर्जेन्टिनालाई विश्वकपमा छनौट गराए। त्यस्तै, २०१८ विश्वकप कै समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनालाई अर्को चरणमा पुग्न नाइजेरिया विरुद्ध जीत निकाल्ने पर्ने दबाब रहेको थियो। उक्त खेलमा उनले गोल गर्दै अर्जेन्टिनालाई जीत दिलाउन महत्वपूर्ण भूमिका खेले।
१. क्रिस्टियानो रोनाल्डो
विश्व फुटबलमा ठूला खेलमा सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी रोनाल्डो भन्दा अन्य कोहि हुन सक्छ र ? सायद हुँदैन। च्याम्पियन्स लिगका नक-आउट खेलमा आफ्नो टोली पछि परेको अवस्थामा हरेक पटक रोनाल्डोले आफ्नो टोलीलाई जीत दिलाएको थुप्रै उदारहण छन्। सबैभन्दा धेरै च्याम्पियन्स लिग फाइनलमा गोल गर्ने खेलाडी रोनाल्डोले २०१४ मा स्विडेन विरुद्ध ह्याट्रिक गर्दै पोर्चुगललाई विश्वकपमा छनौट गराएको कसले बिर्सिन सक्छ र।
अत्यन्त दबाब रहेको खेलमा रोनाल्डोले के गर्छन् भन्ने उदाहरण ३० सेप्टेम्बर अर्थात् गयराती मात्र भएको भिल्लारियल विरुद्धको खेलमा पनि देखियो। पहिलो खेलमा पराजित भएको युनाइटेडलाई जीत अनुवार्य भएको खेलमा खेलको ९५ औं मिनेटमा विजयी गोल गर्दै उनले क्लबलाई महत्वपूर्ण ३ अंक दिलाए।