यस्ता ५ खेल जब विपक्षी टोलीले रोनाल्डोको अगाडी घुँडा टेक्नु बाहेक केहि विकल्प रहेन !

फुटबल जगतका सबैभन्दा ठूलो नाम हो क्रिस्टियानो रोनाल्डो। इतिहास कै सर्वश्रेष्ठ मध्ये एक मानिने रोनाल्डोले फुटबल पिचमा अनगिन्ती गोल गरेका छन्। थुप्रै रिपोर्टहरुलाई मान्ने हो भने पोर्चुगिज स्टार फुटबल इतिहास मै सबैभन्दा बढी आधिकारिक गोल गर्ने खेलाडी हुन्।

रोनाल्डोलाई बिग-गेम प्लेयर पनि भनिन्छ। आफ्नो टोली कठिन स्थितिमा रहेको समयमा हरेक पटक उद्दार गर्ने जिम्मा आफ्नै काँधमा लिने गरेका छन् रोनाल्डोले। यस्तोमा आज हामी तपाईंलाई यस्ता ५ खेलको बारेमा बताउँछौं जब रोनाल्डो एक्लैले विपक्षी टोलीलाई ध्वस्त बनाएका थिए।

रियल म्याड्रिड ३-० वुल्फ्सबर्ग (च्याम्पियन्स लिग, २०१६) 

२०१५-१६ सिजनको च्याम्पियन्स लिग अन्तिम ८ को खेलमा रियल म्याड्रिड पहिलो लेगमा जर्मन क्लब वुल्फ्सबर्गसँग २-० ले पराजित भयो। जसपछि सेमी-फाइनलमा प्रवेश गर्नको लागि रियललाई कम्तीमा पनि ३ घोल अन्तरको जीत निकाल्नु पर्ने दबाब रहेको थियो। जसपछि म्याड्रिडको पूरा आशा एक व्याक्तिमा टिकेको थियो, पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो। रोनाल्डो पनि सबैको आशामा खरो उत्रिए र ह्याट्रिक गर्दै रियल म्याड्रिडलाई ३-० को जीत दिलाए।

बार्सिलोना १-३ रियल म्याड्रिड (कोपा डेल रे, २०१३) 

२०१२-१३ सिजनको कोपा डेल रे फाइनलको पहिलो लेगमा रियल म्याड्रिड घरेलु मैदानमा बार्सिलोनासँग १-१ को बराबरीमा रोकियो। दोस्रो लेग बार्सिलोनाको घरेलु मैदानमा भएको कारण रियल म्याड्रिडलाई उपाधि जित्न एक खास प्रदर्शनको आवश्यक थियो। सो आवश्यक प्रदर्शन अरु कोहि नभएर रोनाल्डोबाट नै आयो। उक्त खेलमा बार्सिलोना नै घरमा रोनाल्डोले २ गोल गर्दै रियल म्याड्रिडलाई ३-१ ले पराजित गर्दै उपाधि जित्न सफल भए।

स्पेन ३-३ पोर्चुगल (विश्वकप २०१८) 

यस खेलसँगै रोनाल्डोले स्पेनिस गोलकिपर डेभिड डे जियाको करियर पनि अन्त्य गरेको धेरैले भन्ने गरेका छन्। २०१८ विश्वकप समूह चरणको खेलमा रोनाल्डोले एक खास प्रदर्शन डेलिभर गरे। पहिलो गोल पेनाल्टी मार्फत गरेका रोनाल्डोको दोस्रो गोलमा भने स्पेनिस गोलकिपरको ठुलो योगदान रह्यो। तर खेलको अन्तिम समयसम्म स्पेनको पक्षमा ३-२ को अग्रता रहेको थियो तर खेलमा मात्र २ मिनेट बाँकी रहँदा रोनाल्डोले फ्री-किक मार्फत प्रतियोगिता कै उत्कृष्ट मध्ये एक गोल गरेका थिए। पोर्चुगलका लागि सबै गोल रोनाल्डोले गरे।

रियल म्याड्रिड ४-२ बार्यन म्युनिख (च्याम्पियन्स लिग, २०१८) 

च्याम्पियन्स लिगमा सबैभन्दा प्रतिस्पर्धात्मक मध्ये एक भिडन्त मानिने जर्मन क्लब बार्यन र स्पेनिस क्लब रियल बीचको खेल २०१७-१८ च्याम्पियन्स लिग क्वाटर-फाइनलमा भयो। जर्मन क्लबको घरेलु मैदानमा २-१ को जीत निकालेको रियल म्याड्रिड आफ्नो मैदानमा भने २-१ पछि पर्यो। जसपछि खेल अतिरिक्त समयमा धकेलिंदा रियल म्याड्रिडले ३० मिनेट भित्रमा ३ गोल गर्न सफल भयो।

निर्धारित ९० मिनेटमा रियलको लागि एक मात्र गोल गरेका रोनाल्डोले थप गरिएको समयममा २ गोल थप्दै उक्त खेलमा च्याम्पियन्स लिग इतिहासमा १०० गोल पनि पूरा गरे। रोनाल्डोको ह्याट्रिकको मद्दतमा रियल म्याड्रिडले ४-२ को जीत निकाल्दै अर्को चरणमा प्रवेश गर्यो।

युभेन्टस ३-० एथलेटिको म्याड्रिड (च्याम्पियन्स लिग,  २०१९) 

२०१८-१९ सिजनको च्याम्पियन्स लिगको अन्तिम १६ को खेलको पहिलो लेगमा नै इटालियन क्लब स्पेनिस क्लब एथलेटिको म्याड्रिडसँग २-० ले पराजित हुन पुग्यो। जसपछि स्पेनिस क्लबका समर्थकले रोनाल्डोलाई नराम्रोसँग जिस्काए पनि। तर जब खेलको दोस्रो लेग सुरु भयो रोनाल्डोले पुन: एक पाताल क्लासिक प्रदर्शन गर्दै युभेन्टसलाई ३-० को जीत दिलाउँदै अर्को चरणमा प्रवेश गराए। रोनाल्डोले उक्त खेलमा ह्याट्रिक गरेका थिए।

प्रकाशित : सोमबार, असोज २५, २०७८१५:४८

५ पटक जब मेस्सीको खेलले विपक्षी टोली राम-राम मात्र भन्न बाध्य भए !