बहुउपयोगी अमला: बिग्रिएको कलेजोदेखि पाचन यन्त्रमा यति धरै फाइदा [प्रयोग विधिसहित]

अमला  सेवन स्वास्थ्यको हिसाबले बरदान स्वरूप मानिन्छ। अमलालाई सर्वोत्कृष्ट फल पनि मानिन्छ। आयुर्वेदिक हिसाबले पनि अमलालाई बिभिन्न औषधि बनाउन प्रयोग गरिन्छ । यस बाहेक अमलामा भिटामिन ‘सी’ धरै मात्रामा पाउन सकिन्छ । त्यसैले इम्युनिटी शक्ति बढाउनको लागि पनि अमला निकै फाइदाजनक हुन्छ । अमलाको सेवनले पाचन तन्त्र तथा कलेजोलाइ पनि राम्रो गर्दछ । फाटेको कलेजो र कमजोर पाचन शक्ति भहेको मानिसलाइ अमला खान सल्लाह दिइन्छ । यसको अलावा अमलामा एन्टीअक्सिडेन्ट पाउन सकिन्छ । थाहा पाउनुहोस् कसरि अमलाको प्रयोग गर्न सकिन्छ ।

१. अमलामा एन्टीअक्सीडेन्ट गुण, भिटामिन सी, एन्टि-ब्याक्टेरिया र एन्टी-इन्फ्लेमेटरी गुणका साथै फाइबरको  मात्रा धेरै  हुन्छ। जसले पाचन र पेटको मेटाबोलिजममा फाइदा हुन्छ। अमलामा प्रोटीन, फ्याट, फाइबर, क्यालोरी, सुगर, कार्बोहाइड्रेट, भिटामिन सी, इ, ए, फलाम र क्याल्सियम जस्ता तत्व  पाइन्छ।

२. अमला खादा शरीरको रोग प्रतिरक्षात्मक शक्तिमा बृद्धी हुन्छ। यसको अलवा आखा तथा पाचन यन्त्रलाइ बलियो बनाउन मद्धत गर्दछ । साथै अमला लिभर र मष्तिस्को लागि एकदमै उपयोगी हुन्छ ।

३. लिवरलाइ स्वस्थ राख्न अमला खानु निकै फाइदाजनक हुन्छ। यसको सेवनले शरीरमा  भएको विषाक्त पदार्थ बाहिर निकाल्न मद्धत गर्दछ र शरीरलाइ स्वस्थ बनाउछ । साथै शरीरमा भएको हाइपरलिपिडिमिया र मेटाबोलिक सिन्ड्रोम कम गर्न मद्धत गर्दछा ।

४. अमला बिभिन्न रुपमा प्रयोग गर्न सकिन्छ  । अमलालाइ सलादको रुपमा पनि प्रयोग गर्न सकिन्छ । लिभरमा परेको चिराको लागि अमला सेवन एकदमै उपयोगी हुन्छ । यसको अलावा  बिहान अमलाको जुस बनाएर खान सकिन्छ । साथै अमलाको चिया बनाएर पनि खान सकिन्छ । बेलुका सुत्ने बेलामा मलालाई भिजाएर राखी  बिहान अमला भिजाएको पानीमा दाल्चिनी र अदुवा मिसाएर चिया बनाउन सकिन्छ ।

प्रकाशित : सोमबार, असोज २५, २०७८२२:५३

सुन्तलाको बोक्राको यसरी गर्नुहोस प्रयोग, अनुहारमा आउनेछ छुट्टै चमक!