बाक्लो र सुन्दर कपाल प्रत्येक महिलाको चाहना हुन्छ। तर, व्यस्त जीवनशैली र बढ्दो प्रदुषणको कारण कतिपय महिला आफ्नो कपालको ख्याल राख्न सक्दैनन्। यसै कारण कपालमा रुखोपना र कपाल झर्ने समस्या देखा पर्न सक्छ। त्यसैले गर्दा धेरै महिलाहरू आफ्नो झर्ने कपालको बारेमा धेरै चिन्तित भइरहेका छन्। यदि तपाईं पनि कपाल झर्ने समस्याबाट चिन्तित हुनुहुन्छ र कुनै पनि केमिकलको प्रयोग गर्न चाहनुहुन्न भने प्याजको घरेलु प्रयोगले पनि कपाल सम्बन्धि समस्याबाट मुक्ति पाउन सक्नुहुन्छ।
जड शक्ति
प्याजको रस कपालमा लागाउँनाले कपालको जरा मजबूत बनाउँछ,जसले गर्दा कपाल बक्लो बनाउँछ। प्याजको रसको सहि प्रयोग गर्नाले कपाल चम्किलो र नरम बनाउँछ।
चायाँ हटाउँछ
प्याजको रसमा एन्टी ब्याक्टेरिया पाइन्छ जसले कपालमा रहेको चायाँ कम गर्छ। कपाल झर्नुको एक मुख्य कारण चायाँ हो । कपालबाट चायाँ हटेपछि कपाल रेशमी हुन्छ।
सल्फर
प्याजको रसमा सल्फर पाइन्छ । सल्फेरले कपाल बाक्लो र लामो बनाउन मद्दत गर्छ। त्यसैले प्याजको रसको नियमित प्रयोगले कपाल लामो र बाक्लो हुन्छ।
प्याज को रस तयार गर्ने विधि
प्याजको रस बनाउनको लागि, पहिला प्याललाई छिल्नुहोस् र धुनुहोस्, त्यसपछि प्याजलाई सानो सानो टुक्रा बनाएर काट्नुहोस्। काटेको प्याजलाई पिस्नुहोस्। त्यसपछि पिसेको प्याजलाई छान्नुहोस्। त्यसपछि प्याजको रस कपालमा लगाउनुहोस् । प्याजको रस लगाएपछि चिलाउने हुन सक्छ तर केहि समय पछि आफैं ठिक हुन्छ।

