रियललाई झड्का, पिएसजीमै रहने मुडमा एम्बाप्पे !

एजेन्सी – फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेको भविष्य लगातार चर्चामा छ। गएको सिजन पेरिस सेन्ट जर्मेन(पिएसजी) छाडेर रियल म्याड्रिड जान जोड बल गरेका उनको भविष्य कता हुने हो भन्ने अझै टुंगो लाग्न बाँकी छ।

एम्बाप्पेको पिएसजीमा सम्झौता सन् २०२२ सम्मका लागि मात्र छ। सम्झौता सकिने एक वर्ष भन्दा कम समय रहेको अवस्थामा पिएसजीले उनलाई सम्झौता थप गर्न दबाव दिरहेको छ। सम्झौता थप गर्ने नाममा दिएको दबावका कारण पिएसजी एम्बाप्पेबाटै आलोचित पनि भैसकेको छ।

केहि समय अगाडी एम्बाप्पेले आफूलाई क्लबमै अड्याउन पिएसजीका अधिकारीहरुले दिएको दबावका विरुद्ध बोलेका थिए। एम्बाप्पेलाई सित्तैमा जन नदिने भन्दै पिएसजीका खेल निर्देशकले दिएको अभिव्यक्ति पछि आफू डराएको समत बताएका थिए।

एम्बाप्पेको उक्त भनाई आएलगतै एम्बाप्पेकी आमा फेजा लमारीले पिएसजीसंग आफूहरु लगातार छलफलमा रहेको बताएकी थिइन्। उनले एम्बाप्पे केहि समय पिएसजीमा रहने संकेत समेत गरेकी थिइन्। जससँगै एम्बाप्पे केहि सिजन पिएसजीमै बस्न सक्ने चर्चा शुरु भएको छ।

एम्बाप्पे जारी सिजनमा पिएसजीक लागि मुख्य खेलाडीको रुपमा अगाडी बढिरहेका छन्। पिएसजीलाई विजयी बनाउन एम्बाप्पे लगातार निर्णायक बनिरहेका छन्। लियोनेल मेस्सी र नेयमार लय समाउन संघर्षरत रहेपनि एम्बाप्पे उच्च लयमा देखिएका छन्।

यसैबीच एम्बाप्पे पिएसजीमै रहन सक्ने चर्चाले धेरै संचार माध्यमहरुमा स्थान बनाएको छ। मेस्सी आएपछि आफ्नो भविष्यलाई लिएर चिन्तित बनेका एम्बाप्पे आफू पिएसजीको मुख्य खेलाडी हुनेमा ढुक्क भएको र त्यसले उनलाई पिएसजीमै केहि सिजन अड्याउने धेरैको अनुमान छ।

प्रकाशित : सोमबार, कार्तिक ०१, २०७८०९:२२

फुटबल टोली नेपाल आइपुग्यो, अलमुताइरी आएनन् !