यी पूर्व खेलाडी भन्छन्-“आज रोनाल्डोले लिभरपुलको ब्याण्ड बजाउँछन्”

पूर्व आर्सनल स्ट्राइकर इयान राइटले आइतबार हुने लिभरपुल विरुद्ध म्यानचेस्टर युनाइटेडको खेलमा पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो हार-जीत बीचको फरक हुने बताएका छन्।

म्यानचेस्टर युनाइटेडले ओल्ड ट्राफोर्डमा जर्गेन क्लोपको पक्षलाई स्वागत गर्दै यस सिजनमा पहिलो पटक दुई प्रतिद्वन्द्वी आमनेसामने हुनेछन्। मिड-विकमा एटलान्टा विरुद्ध च्याम्पियन्स लिगमा उल्लेखनीय पुनरागमन जीत निकालेको युनाइटेड पूरा आत्म-विश्वासका साथ मैदानमा उत्रिनेछ। त्यस्तै, च्याम्पियन्स लिग र प्रिमियर लिगमा यस सिजन अपराजित रहेको लिभरपुल निकै उत्कृष्ट लयमा रहेको छ।

इटालियन क्लब एटलान्टा विरुद्धको खेलमा विजयी गोल गरेका रोनाल्डोले उत्कृष्ट लयमा रहेका लिभरपुल डिफेन्डर भर्जिल भानडाइकको सामना गर्नेछन्। यस्तोमा हाल फुटबल पण्डितका रूपमा रहेका राइटले लिभरपुल स्टार भानडाइकले जति सुकै उत्कृष्ट खेले पनि रोनाल्डोलाई रोक्न नसक्ने दाबी गरेका छन्।

राइटले प्रिमियर लिग टिभी मा भने, “मलाई मात्र लाग्छ कि हामी मैले देखेको सबैभन्दा महान क्लच खेलाडीको कुरा गर्दै छौं। हामीलाई थाहा छ कि उनी ३६ वर्षको भए। तर मलाई विश्वास छ कि उनले भर्जिल भानडाइकको बारेमा थाहा पाउनेछ र उनीहरूले कसरी आफ्नो विरुद्ध डिफेन्ड गर्नेछन्। यो तथ्य हो कि रोनाल्डोले जे गर्न सक्छन् त्यो गरेर नै छाड्छन्।”

रोनाल्डो उक्त खेलमा पानी पिउन मात्र नजाने भन्दै राइटका अनुसार रोनाल्डो ठूला खेलमा सबैभन्दा निखारिने गरेको स्पष्ट पारेका छन्। रोनाल्डोलाई ठूला खेलमा कसरी गोल गर्ने भनेर राम्रोसँग थाहा भएकै कारण उनले जीत र हार बीचको फरक पार्नेमा राइट विश्वस्त रहेका छन्।

प्रकाशित : आइतबार, कार्तिक ०७, २०७८१६:४४

युरोपका टप १० स्ट्राइकर सार्वजनिक, रोनाल्डो निकै पछाडी परे, नम्बर १ को ?