अमृता र करीना बीच अहिले सम्म भएको छैन भेट, उमेर अन्तर सुन्दा लाग्नेछ अचम्म !

एजेन्सी – बलिउड सलमान खान, शाहरुख खान र अमिर खान पछि यदि कुनै चर्चित खानको नाम आउँछ भने ती सैफ अलि खान हुन्। सैफ बलिउडका सबै भन्दा सफल अभिनेताहरुको सूचीमा पर्छन्। लामो समय देखि अभिनयमा सक्रिय रहेका उनी भिन्न-भिन्न भूमिका निभाउन खप्पिस छन्।

सैफ अलि खान लामो फिल्मी करियरमा अभिनयका कारण मात्र नभई निजी जीवनका कारण पनि चर्चामा रहे। केहि नायिकासँग मात्रै नाम जोडिएका सैफले दुई विवाह गरे। सैफकी पहिलो श्रीमती अमृता सिंह थिइन्। आफू भन्दा १२ वर्ष जेठी अमृतासंग सैफको सन् १९९१ मा विवाह भएको थियो। अमृतासँगको सम्बन्ध १३ वर्ष मात्रा टिक्यो। त्यसबीचमा सैफ र अमृताबाट दुई सन्तान भए, सारा अलि खान र इब्राहिम अलि खान।

सन् २००४ मा सम्बन्ध विच्छेद भएपछि सैफको जीवनमा करीना कपूरको प्रवेश भयो। उमेरमा करिना सैफ भन्दा १० वर्ष कान्छी छन्। सैफ र करीना बीचको प्रेम सम्बन्ध पछि गएर विवाहमा परिणत भयो। सैफ र करीनाको सन् २०१२ मा विवाह भएको थियो। करीनासँगबाट पनि सैफका दुई सन्तान छन्।

अमृतासंग करीनाको भएको छैन भेट

सैफकी पूर्वपत्नी अमृता र पत्नी करीनाको अहिले सम्म भेट भएको छैन। करीनाले एक अन्तर्वार्ताका क्रममा सैफसंग विवाह भएपछि अमृता र उनी बीच अहिले सम्म भेट नभएको बताइन्। अमृतासंग कस्तो सम्बन्ध छ भन्दा उनले आफूहरु बीच भेट नभएको र आफू अमृतालाई सम्मन गर्ने बताइन्।

करीना र अमृताको उमेर अन्तर

अमृता सैफ भन्दा १२ वर्षले जेठी छिन्। सैफको जन्म सन् १९७० मा भएको थियो भने, अमृताको १९५८ मा भएको थियो। त्यस्तै करीना भने १९८० मा जन्मिएकी थिइन्। उमेरले अमृता करीना भन्दा २२ वर्षले जेठी छिन्।

प्रकाशित : आइतबार, कार्तिक ०७, २०७८१७:०९

पारससँग भेटेपछि भरतमणि भन्छन्-“कस्तो राम्रो मान्छे, म त फ्यान नै भएँ”