पारससँग भेटेपछि भरतमणि भन्छन्-“कस्तो राम्रो मान्छे, म त फ्यान नै भएँ”

कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन–२’ का विजेता भरतमणि पौडेल अहिले निकै चर्चामा रहेका छन्। कमेडी च्याम्पियनमा थुप्रै चर्चित व्यक्तित्वको क्यारीकेचर गरेर निकै चर्चा कामएको पौडेलले टप-३ मा प्रवेश गर्नका लागि पूर्व युवराज पारस शाहको क्यारीकेचर गर्दै सिदै फाइनलमा प्रवेश गरेका थिए।

पूर्व सूचना तथा संचार मन्त्री गोकुल बास्कोटाको नक्कल गरेपछि दर्शक माझ निकै लोकप्रिय बनेका भरत पारस शाहको क्यारीकेचर गरेपछि झनै चर्चाको शिखरमा पुगेका थिए। उनी पूर्व युवराजको नक्कल गर्न आफूले गत दुई वर्ष देखि तयारी गर्दै आएको बताउँछन्। शाहको नक्कल गरेपछि चौतर्फी चर्चा बटुली रहदा पौडेलले शाहसँग भेट्ने अवसर नमिलेको र भेट्ने चाहना रहेको बताएका थिए।

भरतमणिको उक्त चाहना अब भने पूरा भएको छ। उनले केही दिन अगाडि मात्र शाहलाई भेटेको भरतमणि आफैले सामाजिक संजालमा एक तस्बिर साझा गर्दै जानकारी दिएका छन्। भेट हुनु भन्दा पहिले आफू पारसको शुभचिन्तक रहेको बताउने पौडेल भेटपछि आफू उनको ठूलो प्रशंसक भएको बताएका छन्। आफू र अर्का कमेडियन सुमन कोइराला शाहलाई भेट्न दरबारमार्गको शेर्पा मलमा पुगेको जानकारी दिँदै भरतमणिले पूर्व युवराजसँग आफूहरुले करिब एक घण्टा समय बिताउन पाएको बताएका छन्।

प्रकाशित : मङ्गलबार, कार्तिक ०९, २०७८१४:०१

बिहे गर्दै कट्रिना कैफ र विक्की कौशल ?