बिहे गर्दै कट्रिना कैफ र विक्की कौशल ?

एजेन्सी – केहि समय देखि बलिउड नायिका कट्रिना कैफ र विक्की कौशल प्रेम सम्बन्धलाई लिएर लगातार चर्चामा छन्। दुई बीच प्रेम सम्बन्ध रहेको चर्चा चलेको लामो समय भइसक्यो।

पछिल्लो खबरका अनुसार कट्रिना र विक्कीले छिट्टै विवाह गर्दै छन्। विभिन्न भारतीय मध्यमहरुले कट्रिना र विक्कीले छिट्टै विवाह गर्न लागेका हुन्। कट्रिना र विक्कीको घरमा छिट्टै विवाह गर्न लागेको भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाले दावी गरेको छ।

टाइम्स अफ इन्डियाका अनुसार कट्रिना र विक्कीको विवाहको पहिरन चर्चित फेसन डिजाइनर सब्यासाचीले डिजाइन गरिरहेका छन्। विवाहका लागि विक्की र कट्रिना कपडा छानिरहेको दावी टाइम्स अफ इन्डियाको छ। दुईले आउने डिसेम्बरमै विवाह गर्न लागेको दावी गरिएको छ।

टाइम्स अफ इन्डियाले कट्रिना र विक्की बीच विवाह हुन लागेको दावी गरेपनि केहि भारतीय संचार माध्यमले भने समाचारमा केहि सत्यता नरहेको दावी गरेका छन्। दुई बीच आउने केहि महिनामै विवाह हुने कम सम्भावना रहेको केहि भारतीय संचार माध्यमको दावी छ।

पछिल्लो पटक कट्रिना र विक्की सेलिब्रिटी मैनेजर रेश्मा शेट्टीको अफिसमा देखिएका थिए। फोटोग्राफरहरुका अगाडी पोज दिएपछि दुवै छुट्टा-छुट्टै गाडीमा त्यहाँबाट गएका थिए।

विक्की र कट्रिना प्रयासजसो सँगै देखिन्छन्। यी दुई विक्की कौशलको फिल्म सरदार उधमको स्क्रिनिङमा पनि सँगै देखिएका थिए। चलचित्रको रिलिज पछि कट्रिनाले चलचित्रको खुलेर प्रशंसा गरेका थिइन्। त्यसक्रममा उनले विक्कीको प्रशंसा गर्न पनि छुटाएकी थिइनन्।

प्रकाशित : बुधबार, कार्तिक १०, २०७८१४:३१

बार एशोसिएसनमा लफडा भएपछि दिपकको कडा व्यंग्य, बारको अगाडी रेष्टुरेन्ट थप्न सुझाव !