पीएसजीमा मेस्सी एक्लिएको यी दिग्गज खेलाडीको दाबी !

लियोनेल मेस्सीका पूर्व टिममेट थियरी हेनरीले पेरिस सेन्ट-जर्मेनले बार्सिलोनाका पूर्व खेलाडीबाट थप फाइदा लिन सक्ने ठोकुवा गरेका छन्। हेनरीले मेस्सीसँग बार्सिलोनामा एकसाथ खेलेका थिए।

फ्रेन्च क्लबका लागि च्याम्पियन्स लिगमा ३ खेलमा ३ गोल गर्न सफल भएका पूर्व बार्सिलोना कप्तान लिग १ जम्न भने अझै समय लाग्ने देखिएको छ। फ्रेन्च लिगमा संघर्ष गरिरहेका ३४ वर्षीय अर्जेन्टिनी स्टारले हालसम्म ४ खेलमा एक गोल पनि गर्न सकेका छैनन्। लिगमा मेस्सीको प्रदर्शनको केहि आलोचना समेत हुँदै आएको छ।

“मेस्सी एक्लिएका छन्, उनले धेरै बल पाइरहेका छैनन्,” आरएमसी स्पोर्टसँग हेनरीले भने, “उनी दुखी छन् भने म भन्दिन तर एक्लै छन्। मैले मेस्सीलाई पिचको मिडलमा हेर्न चाहन्छु। दायाँ तर्फबाट खेल्दा केहि समस्या देखेको छु। मिडलबाट उनले खेल नियन्त्रण गर्न सक्छन्। मेस्सी-नेयमार-एम्बाप्पेलाई एकसाथ खेलाउन केहि त गर्नुपर्छ।”

२१ वर्ष बार्सिलोनामा बिताएपछि यसै सिजन मात्र ६ पटकका बालोन डी’ ओर विजेताले पीएसजीसँग २ वर्षीय सम्झौतामा हस्ताक्षर गरेका हुन्।

प्रकाशित : मङ्गलबार, कार्तिक ०९, २०७८१३:४२

“पीएसजीको दादा एम्बाप्पे हुन्, मेस्सी हैनन्”