युनाइटेडको अर्को प्रशिक्षक रोनाल्डो हुने ? सम्भावना कति ?

क्रिस्टियानो रोनाल्डो हाल प्याडी पावरका अनुसार म्यानचेस्टर युनाइटेडको अर्को प्रशिक्षक बन्ने सातौं दाबेदारको रूपमा रहेका छन्। लिभरपुलको हातबाट ५-० को अपमान पछि ओले गुन्नार सोल्स्कजायरको भविष्य धरापमा रहेको छ, जसपछि क्लबको सम्भावित प्रतिस्थापनको रूपमा थुप्रै प्रशिक्षकलाई हेर्न थालिएको छ।

अडका अनुसार पूर्व चेल्सी र इन्टर प्रशिक्षक एन्टोनियो कोन्टे (८/११) मा प्रमुख दाबेदार रहेका छन्, ब्रेन्डन रोजर्स (६/१), जिनेदिन जिदान (९/१), एरिक टेन ह्याग (११/१), मौरिसियो पोचेटिनो (११/१) र ग्राहम पोटर (१४/१) अडका साथ लाइनमा रहेका छन्। तर, अविश्वसनीय रूपमा, युनाइटेडका नम्बर ७ रोनाल्डो क्लबबाट खेलिरहँदा पनि १९/१ अडका साथ सूचीमा रहेका छन्।

पोर्चुगिज कप्तान अनुभवी प्रबन्धकहरू राल्फ रान्ग्निक, लुसियन फाभ्रे, म्याक्स एलेग्री र लियोनार्डो जार्डिम भन्दा अगाडि छन् – र स्पष्ट रूपमा माइकल क्यारिक र ड्यारेन फ्लेचर, जो क्लबको कोचिंग स्टाफ हुन्, भन्दा पनि प्रशिक्षक बन्ने दौडमा अगाडी रहेका छन्।

यसै सिजन १२ वर्षपछि म्यानचेस्टर फर्किएका रोनाल्डोले क्लबका लागि सुरुवाती ९ खेलमा ६ गोल गरेका छन्। पाँच पटकको बालोन डी’ओर विजेताले आफ्नो दोस्रो कार्यकालमा विभिन्न कारणले आलोचना खेप्दै आएका छन्।

प्रकाशित : मङ्गलबार, कार्तिक ०९, २०७८१९:३०

रोनाल्डोको करियरका १० लज्जास्पद हार, ४ गोल धेरै खाएछन् !