रोनाल्डोको करियरका १० लज्जास्पद हार, ४ गोल धेरै खाएछन् !

एजेन्सी – प्रिमियर लिगमा आइतबार लिभरपुलसँग ५–० ले पराजित भएसँगै म्यानचेष्टर युनाइटेडका प्रशिक्षक र खेलाडीको चौतर्फी आलोचना सुरु भएको छ । खेलाडीमध्येपनि युनाइटेडमा यसै सिजन पूनरागमन गरेको क्रिस्टियानो रोनाल्डोमाथि बढी टिप्पणी हुने गरेका छ ।

लिभरपुलले नियन्त्रणमा राखेको खेलमा रोनाल्डोसहित अधिकांश खेलाडी निरिह सावित भएका थिए । लिभरपुलले पहिलो हाफमै ४–० को अग्रता लिएको थियो । टोलीका लागि मोहम्मद सलाहले ह्याट्रिक पूरा गरेका थिए । नाबी केइटा र डिएगो जोटाले एक गोल गरेका थिए ।

यसअघि रोनाल्डो सम्मलित युनाइटेडले लिभरपुलसँग ४–१ को हार बेहोरेको थियो । यसै साताको हार रोनाल्डोको खेल जीवनको सबैभन्दा खराब नतिजा मध्येको एक हो । दुई दशक लामो खेल जीवनमा यसअघि सन् २०१० मा रोनाल्डो सम्मिलित रियल म्याड्रिड बार्सिलोनासँग ५–० ले पराजित भएको थियो ।

रोनाल्डो सम्मिलित टोलीले अहिले सम्म ८ पटक ४ वा त्यो भन्दा बढीको अन्तरमा पराजय भोगेको छ । रोनाल्डो खेलेको २००८ को एक मैत्रीपूर्ण खेलमा पोर्चुगल ब्राजिलसँग ६–२ ले पराजित भएको थियो । रोनाल्डोको खेल जीवनका खराब दश नतिजा तल उल्लेख गरिएको छ । ती १० हारमा रोनाल्डोले ३ पटक मात्र गोल गर्न सकेका छन् ।

रोनाल्डो सम्मलित टोलीको खराब नतिजा

प्रतियोगिता क्लब मिति खेल रोनाल्डोको गोल

ला लिगा रियल २९ नोभेम्बर २०१० बार्सिलोना ५–० रियल – ०

प्रिमियर लिग युनाइटेड २४ अक्टुबर २०२१ युनाइटेड ०–५ लिभरपुल – ०

ला लिगा रियल ७ फेब्रुअरी २०१५ एट्लेटिको ४– ० रियल – ०

ला लिगा रियल २१ नोभेम्बर २०१५ रियल ०– ४ बार्सिलोना – ०

प्रिमियर लिग युनाइटेड १४ मार्च २००४ म्यानचेस्टर सिटी ४–१ युनाइटेड – ०

प्रिमियर लिग युनाइटेड २९ अक्टुबर २००५ मिडल्सब्रो ४–१ युनाइटेड – १

प्रिमियर लिग युनाइटेड १४ मार्च २००९ युनाइटेड १–४ लिभरपुल – १

च्याम्पियन्स लिग रियल २४ अप्रिल २०१३ बेरुसिया डर्टमन्ड ४–१ रियल – १

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण पोर्चुगल २० नोभेम्बर २००८ ब्राजिल ६–२ पोर्चुगल – ०

विश्व कप २०१४ पोर्चुगल १६ जुन २०१४ जर्मनी ४–० पोर्चुगल – ०

प्रकाशित : बुधबार, कार्तिक १०, २०७८०९:२५

ओरालो यात्रामा डिपे, मेस्सी गएपछि लिनुपर्ने ठाउँ लिन सकेनन् !