पिएसजीको स्क्वाडबाट मेस्सी र एम्बाप्पे दुवै आउट !

एजेन्सी – फ्रेन्च लिग वान अन्तर्गत लिगको शिर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन(पिएसजी)ले साविक विजेता लिलको शुक्रबार राति सामना गर्दैछ। गएको सिजन लिग वानमा पिएसजीलाई एक अंकले पछाडी पार्दै लिग वान जितेको लिलको सामना पिएसजीले आज राति गर्न लागेको हो। खेल नेपाली समय अनुसार आज राति १२ बजेर ४५ मिनेटमा शुरु हुनेछ।

फ्रेन्च लिगमा पिएसजी पछिल्लो समय धेरै नै राम्रो प्रदर्शन गरिरहेको छ। नयाँ सिजन शुरु भएपछि ११ खेल खेल्दा पिएसजीले मात्रै एक खेलमा हार बेहोरेको छ भने एक खेल बराबरी खेलेको छ। बाँकी ९ खेलमा पिएसजीले जित निकालेको छ। पिएसजी फ्रेन्च लिग वानको शिर्ष स्थानमा छ। पिएसजीको २८ अंक छ।

त्यस्तै साविक विजेता लिल भने यस सिजनमा संघर्षरत छ। नयाँ सिजन शुरु भएपछि ११ खेल खेल्दा लिलले मात्रै ४ खेलमा जित निकालेको छ भने ४ खेलमा हार बेहोरिसकेको छ। त्यस्तै बाँकी ३ खेलमा भने लिल बराबरीमा रोकिएको छ। लिल १५ अंक सहित १० औं स्थानमा छ।

पिएसजीलाई झड्का

आजको खेलमा पिएसजीका दुई महत्वपूर्ण खेलाडी खेल्ने कम सम्भावना रहेको छ। लिल विरुद्ध किलियन एम्बाप्पे हुने छैनन्। काममा समस्या भएपछि उनी उपचार गराइरहेका छन्। उनी अर्को हप्ताबाट मात्रै प्रशिक्षणमा फर्किने बताइएको छ। त्यस्तै लियोनेल मेस्सी पनि आजको खेलमा सहभागी हुने सम्भावना कम रहेको छ। सामान्य समस्या देखिएका कारण मेस्सी छुट्टै ट्रेन गरिरहेको बताइएको छ।

प्रकाशित : शुक्रबार, कार्तिक १२, २०७८११:५४

एक महिना अगाडी नै बालोन डी ओरको नतिजा ‘लिक’ भयो !