महिलाहरुको जन्म महिनाले उनीहरुको स्वभाव बताउने गर्छ। फरक महिलामा जन्मेका महिलाहरुको स्वभावपनि फरक हुने गर्छ। आज हामी तपाईहरुलाई कुन महिनामा जन्मेका महिलाको स्वभाव कस्तो हुन्छ भन्ने बारे बताउन जाँदै छौँ।
वैशाख: यो महिनामा जन्मिएका महिलाहरु निकै सरल र सहज हुन्छन बहने स्वभाव पनि राम्रो हुन्छ। यस महिनामा जन्म भएका महिलाहरु कमै खर्चालु र धेरै रिसालु हुने गर्छन।
जेष्ठ : यस महिनामा जन्मिएका महिलाहरु धेरै मेहेनती र उत्तम बुद्धि भएका हुन्छन् । उनीहरु आफ्नो कडा परिश्रम र मेहेनतको बावजुद प्रशस्त धनसम्पति आर्जन गर्न सक्छन। यी महिलाहरूका लागि जीवनमा आइपर्ने कुनैपनि कार्यहरूमा बाधा अड्चन आऊँदैन । यी महिलाहरू धर्मकर्ममा धेरै आस्था राख्ने गर्छन।
असार : असार महिनामा जन्मिएका महिलाहरु निकै भाग्यमानी हुने गर्छन र जीवनमा सोचे भन्दा बढी आयआर्जन गर्न सफल हुनेछन्। यो महिना जन्मिएका महिलाहरूको बोलीमा मधुरता पाउन सकिन्छ।
साउन : साउन महिनामा जन्मेका महिलाहरु धार्मिक कामहरुमा बढी रुचि राख्ने गर्छन। उनीहरुको जीवनमा दुख र सुख बराबर हुने गर्छ। यस महिनामा जन्मिएका महिलाहरुले आफ्नो प्रेमी वा श्रीमानबाट भरपूर माया पाउन सक्छन।
भाद्र: भाद्र महिनामा जन्मेका महिलाहरुले जीवनमा निकै सुख र शान्तिको अवसर प्राप्त गर्न सक्नेछन्। यो महिनामा जन्म लिएका महिलाहरूको मिठो बोली र सरल स्वभाव उनीहरूको विशेषता हो । यी महिलाहरू अलि जिद्दी स्वभावका पनि हुन्छन् । उनीहरूको जिद्दीका कारण धेरैपटक समस्याहरू आइपर्दछ ।
असोज : यस महिनामा जन्म भएका महिलाहरु चन्चल स्वभावका हुने गर्छन। असोज महिनामा जन्मिएका महिलाहरुले प्रेमी वा श्रीमानबाट भरपूर माया पाउने भएपनि सन्तानबाट भने अपेक्ष अनुसार शान्ति नहुने देखिन्छ। यी महिलाहरु अन्य कसैसँग कुराकानी गर्दा सजक रहने गर्छन।
कार्तिक : यस् महिनामा जन्मिने महिलाहरु घमण्डी स्वभावका भएपनि निकै धनवान र बुद्धिमानी हुने गर्छन। कार्तिक महिनामा जन्म लिएका महिलाहरु आफ्नो श्रीमानलाई आफ्नो अधिमा राख्न समेत सफल हुने गर्छन।
मंसीर: मंसीर महिनामा जन्म हुने महिलाहरु निकै नरम र भलादमी स्वभावका हुने गर्छन। उनीहरु झुट बोलेको सहन सक्दैनन्। यस महिनामा जन्मेका महिलाहरुको मन धार्मिक काममा बढी जान्छ । साथमा धन सञ्चित गर्ने र खर्च पनि अधिक गर्छन् भने उनीहरूलाई पेटसम्बन्धी समस्या बढी हुने सम्भावना रहन्छ ।
पुष : यस महिनामा जन्मेका महिलाहरु अरुको तुलनामा रिसालु हुने गर्छन। उनीहरु आफ्नो कडा मेहेनत र परिश्रमबाट राम्रो आयआर्जन गर्न सफल हुन्छन। पुष महिनामा जन्म लिएका महिलाहरुले सामाजिक कामबाट समेत ठूलो मान सम्मान पाउने गर्छन।
माघ: यस महिना जन्मिएका महिलाहरु बाहिर मात्र नभएर भित्रि रुपमा पनि धेरै सफा हुने गर्छन। यी महिलाहरु अलि जिद्दी स्वभावका हुने हुँदा अरुको कुरा सुन्न त्यति रुची राख्दैनन्।
फाल्गुण : फाल्गुण महिनामा जन्मेका महिलाहरु निकै दयावान स्वभावका हुने गर्छन। उनीहरु अन्य कसैको दुख्न देख्न नसक्ने हुँदा जो कोहीलाई सक्दो सहयोग गर्ने गर्छन। यस महिनामा जन्मिएका महिलाहरु पढाई लेखाईको साथै आर्थिक रुपमा अगाडी रहने गर्छन।
चैत: चैत महिनामा जन्म लिएका महिलाहरु निकै चलाख र चन्चल स्वभावका हुने गर्छन।यी महिलाहरुलाई जीवनमा प्रशस्त धन सम्पति आर्जन गर्ने अवसर मिल्ने गर्छ। यिनीहरु अन्य जो कोहिलाई छिटै आफू प्रति आकर्षित गर्न सक्छन।

