बिहान यी चार चिज नदेखियोस् भनि रहनुहोस् सावधान, दिन अशुभ रहन सक्ला !

Shot of a mature man looking at his reflection the bathroom mirror

एजेन्सी, सामान्यतया  दिन भरिको समय खराब भयो या कुनै काम राम्रो भएन भने जोकोहीले आज बिहान कसको अनुहार हेरेछु भन्ने चलन छ । उक्त भनाई जनमानसमा  प्रचलित नै रहेको छ । बिहान उठ्ने बित्तिकै के कुरा देखियो भने दिन खराब हुन्छ त जानी राखौं ।

१. शास्त्रको अनुसार बिहान उठ्ने बित्तिकै आफ्नो अनुहार घरमा राखिएको एनामा हेर्नु असुभ मानिन्छ । यसो गर्नाले पनि दिन असुभ रहने गर्दछ ।

२. बिहान-बिहान यदि कुनै कुकुरलाई घर अगाडि झगडा गर्दै गरेको देख्नुहुन्छ भने त्यसलाई पनि असुभ मानिन्छ । यस्तो देखिनाले व्यक्तिको आयु घट्ने पनि विश्वास रहेको छ ।

३. बिहान तेल लागेको भाडा-कुडाहरु देखियो भने पनि असुभ मानिन्छ । यस्तो देखिनाले पनि दिन असुभ रहने शास्त्रले बताएको छ । त्यसैले राति सुत्दा तेल लागेको भाडाहरु आफुबाट टाढा राखे दिन असुभ हुनबाट जोगिने विश्वास रहेको छ ।

४. शास्त्रको अनुसार बिहानको समयमा बादँरको नाम  लिनु पनि असुभ मानिन्छ । बादँर देखिएता पनि बादँर शब्दको उचारण गर्न नहुने बताइएको छ । यदि लिईयो भने दिनभर काममा उल्झन आउने र खाना समयमा नपाउने जस्ता समस्या आउने छन् ।

प्रकाशित : बिहिबार, कार्तिक १८, २०७८०८:२२

लक्ष्मी पुजा गर्नुभन्दा पहिले गर्नुहोस यस्ता ४ काम, हुनेछ वर्षभरी लक्ष्मीको बास !