लक्ष्मी पुजा गर्नुभन्दा पहिले गर्नुहोस यस्ता ४ काम, हुनेछ वर्षभरी लक्ष्मीको बास !

एजेन्सी – कार्तिक १८ गते देखि दिपावली सुरु हुदैछ । यो दिन घरबाट गरिबी हटाउनको लागि दिपावलीको पर्वमा माता लक्ष्मी र भगवान गणेशको विशेष पुजा गरिने गरिन्छ । यदि तपाई यस वर्ष माता लक्ष्मीलाई तपाइको घर भित्राउन चाहनुहुन्छ भने लक्ष्मी पुजा गर्नुभन्दा पहिले धर्मशास्त्रमा उल्लेखित गरिएको यी चार कुराहरू पूरा गर्नु पर्नेछ । यसले तपाईको घरमा सकारात्मक ऊर्जा सिर्जना गर्नेछ। साथै माता लक्ष्मीलाई तपाइको घर तर्फ अकर्षित गर्नेछ र तपाईको आगामी वर्ष खुशीयालीले भरिनेछ।

१. आफ्नो घरको मुख्य प्रवेशद्वारलाई पानीले सफा गर्नुहोस। यदि ढोका फलामको हो भने त्यसलाई फेरी रंग गरेर सिन्दुरले स्वास्तिलकको चिन्ह बनाउनुहोस ।

२. यदि घरको भित्ताहरुको प्लास्टर बिग्रिएको छ भने यसलाई पुन: मर्मत गर्नुहोस्। विशेष गरि भान्सा र  सुत्ने कोठा सफा गर्नुहोस।

३. यदि तपाईको कुनै पनि ऋण छ भने यसलाई सकेसम्म छिटो तिर्ने प्रयास गर्नुहोस ।  धर्मशास्त्रका अनुसार जसको घरमा ऋण हुने गर्छ उसको घरमा लक्ष्मीको बास हुदैन।

४. यदि तपाईको घरको छतमा फोहोर जम्मा गरिएको छ भने त्यसलाई छिटै हटाउने प्रयास गर्नुहोस । छत सफा राख्दा  तनाब कम हुने गर्छ।

 

प्रकाशित : बिहिबार, कार्तिक १८, २०७८०९:०९

आज दीपावलीमा मंगल, सूर्य, बुध र चन्द्रमाको यस्तो योग, यी ५ राशिमा लक्ष्मीको रहनेछ विशेष कृपा !