पिएसजीमा कस्तो छ मेस्सी र रामोस बीचको सम्बन्ध ? बाहिरियो आश्चर्य लाग्ने तथ्य !

एजेन्सी – यसै सिजन फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)मा आवद्ध भएका लियोनेल मेस्सी र सर्जियो रामोस बीच घनिष्ठ सम्बन्ध स्थापित हुन सकिरहेको छैन। एक दशक भन्दा बढी सम एक-अर्काका प्रतिद्वन्दी रहेका यी दुई खेलाडी बीच पिएसजी पुगेपछि पहिला जस्तो प्रतिष्पर्धा त रहेन, तर सम्बन्ध घनिष्ठ पनि हुन सकिरहेको छैन।

एक फ्रेन्च पत्रिकाले मेस्सी र रामोस बीच सम्बन्ध राम्रो हुन नसकिरहेको जनाएको छ। एक श्रोतको हवाला दिँदै उक्त पत्रिकाले मेस्सी र रामोसको सम्बन्ध लालिगामा हुँदा बिग्रिएको र त्यसमा सुधार हुन अझै समय लाग्ने देखिएको आफ्नो समाचारमा उल्लेख गरेको छ।

लालिगामा हुँदा मेस्सी बार्सिलोनाका कप्तान थिए भने रामोस रियल म्याड्रिडका। दुईले एक दशक भन्दा बढी समय एक अर्कालाई कडा टक्कर दिएका थिए। दुवै एल क्लासिकोमा सबै भन्दा धेरै पटक देखा पर्ने खेलाडी हुन्। दुवैले एक अर्का विरुद्ध कयौं पटक खेलेका छन्। कयौं पटक दुवै आमनेसामने भएका छन्।

गएको दशकमा दुई बीच जुन हिसाबले प्रतिष्पर्धा भयो, त्यसले पक्कै पनि यी दुई बीच राम्रो सम्बन्ध स्थापित हुन दिरहेको छैन। फ्रेन्च मिडिया ले’इक्युपका अनुसार रामोसको धेरै पीएसजीका खेलाडीहरुसँग राम्रो सम्बन्ध रहेको छ।

त्यस्तै मेस्सी पनि पिएसजीमा घुलमिल भैरहेका छन्। मेस्सी एन्जल डि मारिया, लियान्द्रो पारेडेस र नेयमारसँग धेरै राम्रो सम्बन्ध रहेको छ। त्यस्तै किलियन एम्बाप्पेसँग पनि मेस्सी नजिक हुने क्रममा रहेको बताइन्छ।

मेस्सीले पिएसजीका लागि ८ खेल खेलिसकेका छन् भने रामोसले पिएसजीका लागि डेब्यु गर्न बाँकी नै छ। लगातार चोटिल हुन थालेपछि रामोस पिएसजीको टीममा पर्न सकिरहेका छैनन्।

प्रकाशित : बिहिबार, कार्तिक २५, २०७८०९:४३

रोनाल्डोको पेनाल्टी रोकेका गेभिनको चल्ला जादू ? खेल कुन च्यानलमा हेर्ने ?