काठमाडौँ – चोरीको मोटरसाइकलसहित एक जनालाई ट्राफिक प्रहरीले काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ। चोरीको मोटरसाइकल सहित काठमाडौंको तार्केश्वरबाट एक जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा किर्तिपुर नगरपालिका वडा नं. २ चाँदनीचोक बस्ने २८ वर्षिय बुद्ध बहादुर तामाङ्ग रहेका छन्। उनलाई तार्केश्वर नगरपालिका – ४, पुरानो गुहेश्वरीबाट पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार उनलाई सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले नम्बर परिवर्तन गरी चलाइरहेको कालो रंङको २०० सी.सी.को एन.एस पल्सर मोटरसाईकल सहित पक्राउ गरिएको हो।
तामाङले नम्बर परिवर्तन गरी बा. प्र. ०२-०१८ प ४३०१ नम्बर हालेर चलाइरहेको उक्त मोटरसाइकलको वास्तविक नम्बर प्र.३-०२-०१० प ६९०३ रहेको खुल्न आएको महाशाखाले जनाएको छ।
पक्राउ भएको मोटरसाइकल २०७७ सालको फागुन महिनामा नरेफाँटबाट हराएको भनी काठमाडौं-३२, कोटेश्वर बस्ने अनिमेष श्रेष्ठले हुलियासहितको निवेदन ट्राफिक महाशाखामा दिएको बताइएको छ। पक्राउ गरिएको व्यक्तिसहित उक्त मोटरसाइकललाई चोरी मुद्दाका अनुसन्धान कारबाहिका लागी महानगरीय प्रहरी बृत्त बानेश्वर पठाइएको छ।

